Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निर्माता विनोद पौडेल भन्छन्, ‘अभिमन्यु’लाई सानो फिल्म नभन्नुस्

✍ परिकला न्यूज
मंसिर ११, २०८२ मा प्रकाशित
निर्माता विनोद पौडेल भन्छन्, ‘अभिमन्यु’लाई सानो फिल्म नभन्नुस्

इटहरी/ नेपाली बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत ४६ करोड ८० लाखभन्दा बढीको कीर्तिमानी व्यापार गरेर इतिहास रचेका निर्माता विनोद पौडेल अब अर्को सशक्त कथा लिएर दर्शक माझ आउँदैछन् । आफ्नो आगामी फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति नजिकिँदै गर्दा पौडेलले यसलाई ‘सानो सिनेमा’को कोटीमा नराख्न आग्रह गरेका छन् ।

निर्माता पौडेलले फिल्मको ‘साइज’ बजेट वा स्टारकास्टले नभई बक्स अफिस कलेक्सनले निर्धारण गर्ने तर्क अघि सारेका छन् । “जुन सिनेमाले धेरै कमाई गर्छ त्यो ठूलो र थोरै कमाउने सानो सिनेमा हो,” पौडेल भन्छन् । उनको यो तर्कलाई डेढ करोड लगानीमा बनेर झण्डै ४७ करोडको व्यापार गरेको उनकै अघिल्लो फिल्मले पुष्टि गरिसकेको छ ।

स्टारकास्ट हुँदैमा फिल्म चल्ने र नहुँदैमा नचल्ने भन्ने परम्परागत भाष्यलाई चुनौती दिँदै पौडेलले ‘अभिमन्यु’ लाई ‘अन्डर डग’हरूको फिल्म भनेका छन् । बारम्बार प्रदर्शन मिति सर्दा पनि उनमा देखिएको उच्च आत्मविश्वासले यो फिल्मले पनि बक्स अफिसमा केही सरप्राइज दिने अपेक्षा गरिएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको ‘अभिमन्यु : च्याप्टर १’ यही मंसिर १८ गतेदेखि रिलिज हुँदैछ । विशेष कुरा त के छ भने, यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल लगायत भारत र विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ । सुशान्त गौतमको निर्देशन र मुकेश खनालको लेखन रहेको यस फिल्ममा अभिनयको अब्बल क्षमता भएका कलाकारहरूको जमघट छ ।

@parikalanewsofficial

फिल्मको मुख्य कलाकारहरूमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायत छन् । मदन थापा क्रिएटिभ निर्देशकको रुपमा छन् भने शरद महतो डिओपी, मनोज श्रेष्ठ भिएफएक्स, जुनिम गहतराज कलर र मदन घिमिरेले फिल्मको सम्पादन गरेका छन् ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यस फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् । त्यस्तै, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् भने लाइन प्रोड्युसर जीवन शाक्य हुन् । ‘पूर्ण बहादुरको सारङ्गी’ को अभूतपूर्व सफलतापछि दर्शकको प्रतिक्षामा परेका विनोद पौडेलको यो ‘अभिमन्यु’ ले बक्स अफिसमा कस्तो जादु चलाउँछ, त्यो भने हेर्न बाँकी नै छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘परालको आगो’ सम्पूर्ण छायांकन सम्पन्न, सेटको ३ तस्वीर बाहिरियो

अर्काे पाेस्ट

‘मन बिनाको धन’को अफर: आज जन्मदिन हुनेले निःशुल्क फिल्म हेर्ने सुविधा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana