Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निर्देशक एकताले आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये ‘हर्ष’ छान्नुको कारण के हो ?

✍ परिकला न्यूज
मंसिर ११, २०८२ मा प्रकाशित
निर्देशक एकताले आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये ‘हर्ष’ छान्नुको कारण के हो ?

इटहरी/ नेपाली फिल्म उद्योगले नयाँ महिला निर्देशक पाउने दिन नजिकिँदैछ । यही मंसिर १२ मा रिलिज हुने फिल्म ‘हर्ष’ मार्फत निर्देशक एकता पौडेल पहिलोपटक नेपाली निर्देशनको दुनियामा प्रवेश गर्दै छन्, र उनको यो डेब्यूले फिल्म उद्योगभित्र नै उत्सुकता बढाएको छ । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेको अनुभव र दिवंगत निर्देशक शिव रेग्मीको परिवारसँगको नाता, यी दुवैले एकतालाई सुरुवातमै उच्च अपेक्षाको केन्द्रमा ल्याएको छ ।

पौडेल स्वयंले पनि यी अपेक्षा आफूलाई प्रेरणा र जिम्मेवारी दुवै भएको बताउँछिन् । आफूसँग भएका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये ‘हर्ष’ छान्नुको कारण उनले यसले बोकेको पारिवारिक भावनात्मक केन्द्र हो भन्छिन् । सार्वजनिक ट्रेलरले पनि फिल्मलाई पारिवारिक कथावस्तुमा आधारित संवेदनशील प्रस्तुति भनेर स्थापित गरिसकेको छ ।

पौडेल भन्छिन्, “अहिले नेपाली फिल्मको व्यापार उत्साहजनक छ । जमल हुँदै आउँदा तीनवटा नेपाली फिल्मका पोस्टर देखेर मलाई आफ्नै फिल्मप्रति झनै सकारात्मक ऊर्जाको अनुभूति भयो । ‘हर्ष’ले मन छुने कथा भन्छ, पारिवारिक भावनालाई सम्मान गर्छ । शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा गहिरो विषयलाई सरल शैलीमा प्रस्तुत गर्ने प्रयास गरेकी छु ।”

@parikalanewsofficial

विदेशमा अध्ययनका समयमा विभिन्न देशका विद्यार्थीका दृष्टिकोण अवलोकन गर्दा आफूलाई भावना व्यक्त गर्ने शैली संस्कृतिले फरक बनाउँछ भन्ने बुझाइ मिलेको उनी बताउँछिन् । यही बुझाइका कारण ‘हर्ष’मा उनले नेपाली समाजको संरचना, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेकी छन् । नेपालमा वंश निरन्तरता एक महत्वपूर्ण सामाजिक धारणा हो ।

यही धारणा पूरा नहुँदा उत्पन्न हुने दबाब, परिवारको प्रतिक्रिया र मनोवैज्ञानिक चोटपटक, यी सबैलाई ‘हर्ष’ले आफ्नो मूल विषय बनाएको निर्देशकको भनाइ छ । “छ-सातवटा स्क्रिप्टमध्येबाट यो कथावस्तु छान्नुको कारण, यसमा सार्वजनिक बहस आवश्यक छ भन्ने महसुस हो,” उनी थप्छिन् । “फिल्मले जटिल सिद्धान्त होइन, सहज तर प्रभावकारी ढङ्गले मनोरञ्जनमार्फत कुरा गर्छ ।” महिला निर्देशक र महिला–केन्द्रित कथावस्तुले ‘हर्ष’लाई महिलाको दृष्टिकोणबाट बनेको फिल्मका रूपमा पनि हेरिएको छ ।

अगाडिकाे पाेस्ट

यस्तो छ ‘अभिमन्यु’को हिन्दी टिजर, फिल्म यही १८ देखि प्रदर्शनमा हुने

अर्काे पाेस्ट

फिल्म ‘परालको आगो’ सम्पूर्ण छायांकन सम्पन्न, सेटको ३ तस्वीर बाहिरियो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स
कलिउड न्युज

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana