इटहरी/ रहस्य र नैराश्यले ढाकिएको कथा संकेत गर्दै फिल्म ‘द ब्ल्यू लाइट’ले पहिलो झलक स्वरूप क्यारेक्टर पोष्टर सार्वजनिक गरेको छ । आगामी पुस १० गते रिलिज हुने तयारीमा रहेको यस साइकोलोजिकल थ्रिलर फिल्मको सोमबार सार्वजनिक गरेको पोस्टरले दर्शकलाई शान्त तर गहिरो तनावमा डुबाइदिन्छ ।
खैरो रंगको घर, जुन होटलजस्तो पृष्ठभूमिमा उभिएका पाँच मुख्य पात्र महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी सबैको मुहारमा एउटै समानता छ : मौन नैराश्यता । महेशको हातमा देखिएको बञ्चरो बाहेक अरू सबै पात्र खाली हात देखिन्छन् । उनीहरू किन यति तनावग्रस्त छन् ? पोस्टरले केही बताउँदैन ।

यही मौनले दर्शकमा थप कुतूहल जन्माएको छ, मानौँ पाँच पात्रहरू आफ्नै रहस्यभित्र थुनिएका छन् । बलिराम चौहानद्वारा निर्देशित ‘द ब्ल्यू लाइट’मा अर्पण, महेश, आयुशमान, बेनिशा, सृष्टि र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । यो फिल्मको बाल कलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यो फिल्मका को–प्रोड्युसर रमन ग्रे हुन् ।
@parikalanewsofficial
फिल्मको सिनेमाटोग्राफी नरेन्द्र मैनालीले गरेका छन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक हुन् । रेलिजा श्रेष्ठले प्रोडक्सन डिजाइनको कार्य सम्हालेकी छन् भने निर्माण नियन्त्रकमा दिलीप पन्त छन् । रहस्य, मनोवैज्ञानिक तनाव र मौनतामा लुकेका कथा खोज्ने दर्शकका लागि ‘द ब्ल्यू लाइट’ एउटा प्रतिक्षित फिल्मको रुपमा उभिएको छ ।















Discussion about this post