इटहरी/ काठमाडौंमा सोमबार सम्पन्न १९औँ वार्षिक साधारण सभाबाट चलचित्र निर्माता संघले नयाँ नेतृत्व पाएको छ । केही पदमा प्रतिस्पर्धाबाट भएको मतदानबाट संघले आगामी तीन वर्षका लागि नयाँ टिम पाएको हो । अध्यक्ष पदमा उदय सुब्बा विजयी बनेका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा उनले १५३ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी सुनिलकुमार थापालाई पराजित गरे, थापाले १२७ मत पाएका थिए । यस्तै, महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भए । उनले १५२ मत ल्याए भने किरण नेपालीले १२५ मत पाए ।

सचिव पदमा युवराज गिरी १५९ मतसहित विजयी बनेका छन् । उनका प्रतिस्पर्धी किसान पोखरेलले ११२ मत प्राप्त गरे । उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चयन भए भने कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।

@parikalanewsofficial
यसपटक सदस्य पदका ९ मध्ये ७ जनाले मात्र उम्मेदवारी दिएको हुँदा सबैजना सर्वसम्मतरूपमा चयन भए । चयनित सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित रहेका छन् ।




















Discussion about this post