इटहरी/ लामो समयदेखि प्रदर्शन मिति अगाडि-पछाडि हुँदै आएको बहुप्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब अन्ततः मंसिर १८ गते दर्शकमाझ प्रदर्शनमा आउने निश्चित भएको छ । रिलिज नजिकिएसँगै निर्माण टिमले आज नयाँ पोस्टर सार्वजनिक गर्दै प्रचारलाई थप तिव्र पारेको छ ।
सार्वजनिक नयाँ पोस्टरमा प्रमुख कलाकार कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाल लगायत सम्पूर्ण मुख्य पात्रलाई फिल्मको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । कामेश्वर साइकलसहित देखिएका छन् भने अन्य कलाकारहरू पनि कथाले मागेका आ-आफ्नै रूप रङ्गमा देखिन्छन्, जसले फिल्मको कथा परिवार र वातावरणबारे स्पष्ट संकेत दिन्छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यो फिल्मले नेपाली र हिन्दी दुवै भाषामा नेपालभरि, भारत र विश्वभर प्रदर्शन हुने तयारी गरिरहेको छ । तराईको कथा र त्यहाको भौगोलिक पृष्ठभूमिमा आधारित कथानकलाई यसले उठाउने संकेत निर्माणपक्षले दिएको छ । मुख्य कलाकार कामेश्वर र लक्ष्मीको लुक्सले पनि यही अवस्था झल्काउँछन् ।
@parikalanewsofficial
फिल्मका निर्देशक सुशान्त गौतम, क्रिएटिभ निर्देशक मदन थापा र लेखक मुकेश खनाल रहेका छन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह-निर्माता रमेश चौलागाईं र हरी श्रेष्ठ, तथा कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । यस्तै फिल्मको लाइन प्रोड्युसर जीवन शाक्य हुन् । प्राविधिक टिममा शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर र मदन घिमिरेको सम्पादन रहेको छ ।














Discussion about this post