इटहरी/ आगामी पौष १० गतेदेखि सार्वजनीक प्रदर्शनमा आउने फिल्म ‘मुगलान’ युनिटले प्रचारप्रसारलाई बाक्लो बनाउँदै केही दिनअघि पोष्टर र टिजर सार्वजनिक गरेको थियो भने आज सोमबार गीत सार्वजनीक भएको छ । डान्स शैलीको गीत ‘पिन्टु पियारी’लाई यतिबेला युना डिजिटलले युट्युवमा सार्वजनिक गरेको हो । रिलिजलगत्तै अब गीतले सामाजिक सञ्जालमा दर्शकको ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ । सार्वजनीक गीतको भिडियोमा प्रभात पाल र स्मारिका ढकालले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।
उनीहरूको स्क्रिन प्ले केमिस्ट्रीले भिडियोको मूल आकर्षण थपिएको छ । निर्माण पक्षका अनुसार छोटो समयमै गीतले दर्शकको मन जितिरहेको प्रतिक्रिया आइरहेको छ । सार्वजनीक गीतमा हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारको स्वर छ । शब्द तथा संगीत बिमर्शीले नै तयार गरेका हुन् । एरेन्ज, मिक्सिङ र मास्टरिङ एचबिएन किस्मतले गरेका छन् भने रेकर्डिङ राज खड्काले गरेका हुन् । हेर्नुस् भिडियो ।

यसअघि टिजर र पोस्टरमार्फत प्रशंसा बटुलेको ‘मुगलान’ले अब गीतमार्फत आफ्नो प्रचारलाई थप तिब्र बनाएको छ । फिल्ममा प्रभात पाल, स्मारिका ढकालसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायत कलाकारको अभिनय समावेश छ । फिल्मको लेखन तथा निर्देशन आशिष ढकालको रहेको छ । निर्माता गोमन सिंह, सह-निर्माता रिता चौधरी हुन् ।
@parikalanewsofficial
सम्पादक तारा थापा ‘किम्भे’, द्धन्द निर्देशक जय बिष्ट र राम गुरु, बिजिएम रिदम कँडेल, कोरियोग्राफर देबेन्द्र कुँवर र डीओपीमा अजय रेग्मी रहेका छन् । फिल्ममा संगीत किरण भुषालको छ भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (बिमर्शी) लगायत कलाकारको स्वर सुन्न सकिन्छ । गीत लेखनमा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (बिमर्शी) रहेका छन् भने यो फिल्मको वितरण आर आर फिल्मसले गर्नेछ ।
















Discussion about this post