Monday, January 12, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु, पहिलो अडिसनमा ४० जना सहभागी

✍ परिकला न्यूज
मंसिर १, २०८२ मा प्रकाशित
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु, पहिलो अडिसनमा ४० जना सहभागी

इटहरी/ बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने, बौद्धिक क्षमतालाई अझ निखार्ने र उनीहरूलाई भावी कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने उद्देश्यका साथ ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु भएको छ । ओपन स्पेस प्रा.लि.को आयोजनामा हुने प्रतियोगिताको इटहरीमा भएको पहिलो अडिसनले दोस्रो संस्करणको औपचारिक सुरुवात गरेको छ ।

शनिवार इटहरीस्थित फुडशाला क्याफेमा सम्पन्न प्रतियोगिताको पहिलो अडिसनमा ४० जना बालबालिकाले सहभागिता जनाएका थिए । प्रतिस्पर्धीहरूको प्रस्तुतिलाई मूल्याङ्कन गर्नका लागि अडिसनको निर्णायक मण्डलमा मिस इसईई इटहरी २०२५ की विजेता श्रेयसी भट्टराई, मिस इसईई इटहरी २०२५ की अर्गनाइजार च्वाइस विजेता संस्कृति दाहाल, डान्स कोरियोग्राफर मनीष गिरी र मिस इसईई २०२४ की अर्गनाइजार च्वाइस विजेता प्रियंका थापा रहेका थिए ।

प्रतियोगिता आयोजक संस्था ओपन स्पेस प्रा.लि. ले गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । यो प्रतियोगिताले बालबालिकाका लागि मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने अवसरको समेत ढोका खोलेको प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठ ले बताए । निर्देशक श्रेष्ठका अनुसार, गत वर्षका प्रतिस्पर्धीहरूले फिल्ममा खेल्ने अवसर समेत पाएका थिए ।

पहिलो संस्करणका प्रतिस्पर्धी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यावस्थाको भूमिका फिल्म ‘बलिदान’मा निर्वाह गर्ने मौका पाएका थिए । यसले गर्दा यो प्रतियोगिता बालबालिकाका लागि अवसरको समेत प्रशस्त माध्यम भएको पुष्टि गर्छ । पहिलो अडिसन सकिएपछि अब आयोजक संस्था छिट्टै नै फाइनल अडिसनको तयारीमा जुटेको छ । फाइनल अडिसनबाट छानिएका प्रतिस्पर्धीहरूलाई तालिमको चरणमा प्रवेश गराइनेछ ।

@parikalanewsofficial

आयोजक संस्थाकी सीईओ सजिना श्रेष्ठले तालिममा बालबालिकाहरूको चौतर्फी विकासमा जोड दिइने जानकारी गराईन् । प्रतियोगिताको तालिमको दौरानमा प्रशिक्षकहरूले प्रतिस्पर्धीहरूलाई र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता र योगा जस्ता महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिनेछन्, जसले उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउने आयोजकको भनाई छ ।

अगाडिकाे पाेस्ट

अबिषेक र आकृतिको डेब्यु फिल्म ‘कुमारी’ सुटिङ सम्पन्न, इन्डष्ट्रीमा जम्ला त क्यामेष्ट्री ?

अर्काे पाेस्ट

फिल्म ‘मुगलान’को गीत ‘पिन्टु पियारी’ गीत, प्रभात पाल र स्मारिकाको आकर्षक नृत्य

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार
कलिउड न्युज

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
0

...

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा
कलिउड न्युज

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
0

...

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित
नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

पुस २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

पुस २८, २०८२ मा प्रकाशित
‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

पुस २८, २०८२ मा प्रकाशित
एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana