इटहरी/ सिनेप्रेमी दर्शकलाई पारिवारिक मनोरञ्जनको रंग छर्ने उद्देश्यसहित तयार भएको फिल्म ‘झरिपछिको इन्द्रेणी’ले आफ्नो पहिलो गीत सार्वजनिक गर्दै औपचारिक प्रचार थालनी गरेको छ । ‘फसायो लमीले’ शीर्षकको गीत काठमाडौं महानगरका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत रिलिज भएपछि फिल्म चर्चामा आएको छ ।
अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको सार्वजनीक यस गीतमा रमेश उप्रेती, दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामा देखिएका छन्, जहाँ अधिकारी र लामाले अतिथि भूमिका निभाएका छन् । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वरमा सजिएको गीतलाई शब्द, संगीत र एरेन्ज रमेश परियारको रहेको छ । हेर्नुस् भिडियो ।
@parikalanewsofficial
मौसम हिमालीको नृत्य निर्देशन र बुद्ध थापाको छायांकनमा बनेको यो फिल्मको निर्मात्री अनिशा सेन्दाङ लिम्बु हुन् । सह-निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की र सुवास शर्मा छन् भने लाइन प्रोड्युसरको जिम्मा योगेश खतिवडा र विनोद कँडेलले सम्हालेका छन् । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा तयार भएको फिल्मका लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट विशेष रूपमा सुटिङकै लागि नेपाल फर्किएका थिए ।
@parikalanewsofficial
फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय समावेश छ । यसैमार्फत कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् भने बाल कलाकार दिप्सन चिलवाल पनि देखिँदैछन् । कथा-पटकथा र संवादमा निर्देशक घिमिरेसँगै गणेश कार्की र विशाल घिमिरे रहेका छन् । यो फिल्म ‘झरिपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।














Discussion about this post