Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दोस्रो हप्तामा ‘मन बिनाको धन’, कतारमा पाएको दुबै शो हाउसफुल

✍ परिकला न्यूज
कार्तिक ३०, २०८२ मा प्रकाशित
दोस्रो हप्तामा ‘मन बिनाको धन’, कतारमा पाएको दुबै शो हाउसफुल

इटहरी/ बालगायक अशोक दर्जीको वास्तविक जीवनमा आधारित फिल्म ‘मन बिनाको धन’ले नेपाली बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्दै दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्तामै १ करोड ६७ लाख बढीको व्यापार गर्न सफल यो फिल्मले नेपालसहित अब अन्तर्राष्ट्रिय बजारमा समेत नयाँ रेकर्ड बनाएको छ ।

नेपालसँगै यो फिल्म बिहीबारदेखि कतार, युएई र बहराइनमा प्रदर्शन भइरहेको छ । खाडी क्षेत्रका वितरकहरूका अनुसार, कतारमा फिल्मले बिहीबार र शुक्रबार प्रदर्शनको लागि पाएका दुवै सो हाउसफुल भएका छन् । वितरकले यो सफलतालाई ‘कतारमा दुई सो नै हाउसफुल हुने पहिलो नेपाली फिल्म’ बनेको घोषणा गरेका छन् ।

हरि मोक्तान, कृष्ण भट्टराई र साथीभाई इन्टरटेन्मेन्टले कतार, युएई र बहराइनमा वितरणको जिम्मा लिएका हुन् । उनीहरूका अनुसार युएई र बहराइनमा समेत फिल्मले उत्कृष्ट व्यापार गरिरहेको छ र सकारात्मक प्रतिक्रिया पाएको छ ।

नेपालमा प्रदर्शनको दिनदेखि नै प्रायः सबै हलमा हाउसफुलको व्यापार गरेको यो फिल्मले दर्शकको गहिरो भावनात्मक साथ पाएको छ । फिल्मको प्रमोशन तथा हल भिजिटमा पुगेका मुख्य कलाकार अशोक दर्जीलाई राजधानीमा दर्शकले रुँदै अँगालो हालेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

@parikalanewsofficial

स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमासम्म हलबाट रुँदै निस्केको देखिनुले फिल्मले दर्शकको मन कति गहिराइबाट छोएको छ भन्ने स्पष्ट हुन्छ । कतिपय दर्शकले सामाजिक सञ्जालमा टिकट नपाएको गुनासो समेत व्यक्त गरेका छन् । आगामी दिनमा यो फिल्म साउदी अरब, कोरिया लगायतका देशहरूमा समेत प्रदर्शन हुने तयारीमा रहेको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको ‘मन बिनाको धन’ को कथा उनैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् । फिल्ममा बालगायक अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी लगायतका वरिष्ठ र लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ ।

टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गरेकी हुन् भने मिनु शर्मा (सपना) कार्यकारी निर्माता र जी.पी संग्रोला, बिबेक नेपाल तथा बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी क्रियटिभ निर्देशक हुन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘हर्ष’को गीतमा देखियो खगेन्द्र लामिछाने र वर्षा राउतको रोमान्टिक अवतार

अर्काे पाेस्ट

फिल्म ‘झरिपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ सार्वजनीक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana