इटहरी/ दर्शकमाझ प्रतिक्षामा रहेको फिल्म ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनीक गरिएको छ । शुक्रबार सार्वजनिक भएको यो गीतमा फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत बीचको रोमान्टिक जोडीलाई निकै मनमोहक ढङ्गले प्रस्तुत गरिएको छ । आफ्ना गहन र फरक भूमिकाका लागि परिचित अभिनेता खगेन्द्र लामिछाने यस पटक रोमान्टिक हिरोका रूपमा प्रस्तुत भएका छन् ।
फिल्म ‘हर्ष’ मार्फत उनको यो नयाँ र फरक अवतार दर्शकहरूका लागि विशेष आकर्षणको विषय बनेको छ । गीतको भिडियोमा कोरियोग्राफर सुनिल क्षेत्रीको कामलाई दर्शकहरूले रुचाएका छन् । एलिस कार्कीको कम्पोजिसनमा तयार भएको यस गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चामा आएका सनिश श्रेष्ठले गायिका अप्सरा घिमिरे सँगै स्वर दिएका छन् । हेर्नुस् भिडियो ।

यो गीत नै फिल्ममा गायक सनिश श्रेष्ठको पाश्र्व गायनमा डेब्यु हो । नीरकमल खड्का (मामल) को शब्द रचना रहेको यस गीतलाई शैलेन्द्र एम प्रधान (बाबु) ले एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग गरेका छन् । फिल्मकी निर्देशक एकता पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेर निर्देशनमा डेव्यु गरेकी पौडेलले ‘हर्ष’ को कथा पनि आफैंले लेखेकी हुन् ।
@parikalanewsofficial
यही मंसिर १२ गते बाट देशव्यापी प्रदर्शनमा आउने यस फिल्ममा खगेन्द्र, वर्षाका साथमा निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ । आलोक शुक्लाको छयांकन रहेको यो फिल्म अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको संयुक्त प्रस्तुति हो । प्रशन्न पौडेल र विकास पौडेल हर्ष का निर्माता रहेका छन् ।

















Discussion about this post