
इटहरी/ अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’मा कतारबाट प्रतिनिधित्व गर्दै सेकेन्ड रनरअपको उपाधि जित्न सफल गायिका जुनु प्रसाईँ (मुन) ले आफ्नो साङ्गीतिक यात्रालाई नयाँ उचाइ दिँदै पछिल्लो पूर्वी पहाडी लोक शैलीको गीत तथा म्युजिक भिडियो ‘हाम्पाङ हो घर’ सार्वजनिक गरेकी छन् ।
प्रतियोगिता सकिएपछि नेपालमै रहेर साङ्गीतिक कर्ममा सक्रिय जुनु प्रसाईँलाई यस गीतमा गायक सन्तोष बीसी ले स्वरमा साथ दिएका छन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी जुनुले सोही ठाउँको नामबाट गीतको शिर्षक राख्नुले यसमा उनको व्यक्तिगत साइनो र प्रेम झल्काएको छ ।सार्वजनीक गीतमा शब्द भीम कुमार ओझाको रहेको छ भने संगीत बिनोद गहतराजको हो । हेर्नुस् भिडियो ।

गीतमा संगीत संयोजन नारायण डङ्गाल, मिक्सिङ/मास्टरिङ कुमार सानु पुनले गरेको गीतलाई शंकरा रेकर्डिङमा रेकर्ड गरिएको हो । गीतको आधिकारिक म्युजिक भिडियो जुनु प्रसाईँको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोको छायाङ्कन, सम्पादन, कलर र ग्राफिक्स चेतन समतले गरेका छन् भने पोस्ट प्रोडक्सन स्वर्गद्वारी फिल्म्स प्रा.लि.मा गरिएको हो ।
@parikalanewsofficial














Discussion about this post