Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कोशी प्रदेशको पहिचानमा आधारित फिल्म ‘लडाइँ पहिचानको’ ट्रेलर सार्वजनिक

✍ परिकला न्यूज
कार्तिक २९, २०८२ मा प्रकाशित
कोशी प्रदेशको पहिचानमा आधारित फिल्म ‘लडाइँ पहिचानको’ ट्रेलर सार्वजनिक

इटहरी/ पहिचानवादी आन्दोलनको कथालाई मुख्य केन्द्रमा राखेर निर्माण गरिएको नेपाली कथानक फिल्म ‘लडाइँ पहिचानको’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो मङ्सिर ५ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्मको बिहीबार २ मिनेट ४७ सेकेन्ड लामो ट्रेलर युट्युवमा सार्वजनिक गरिएको हो । भीम लामा फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म एक्शन र ड्रामा विधामा आधारित छ ।

फिल्मले नेपाली समाजमा पहिचान र सङ्घर्षका व्यक्तिगत तथा सामाजिक चुनौतीहरूलाई गहिराइमा खोतलेको छ भने फिल्मको कथावस्तु कोशी प्रदेशको नामाङ्कनपछि सुरु भएको ‘पहिचानको लडाईं’मा केन्द्रित छ । प्रदेश सरकारले प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ राखिएपछि पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग गर्दै आदिवासी जनजाति, किरात, लिम्बुवान लगायतका पक्षधरहरूले गरेको आन्दोलन र त्यस क्रममा भएका झडप, अवरोध तथा बलिदानलाई फिल्मले भावनात्मक र सङ्घर्षपूर्ण ढङ्गले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

सार्वजनीक ट्रेलरका अनुसार यो फिल्ममा इन्डियन आइडल विजेता प्रशान्त तामाङ सङ्घर्षको नेतृत्वकर्ताको रूपमा प्रस्तुत भएका छन् । उनीसँगै करिश्मा मानन्धर, धीरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, सुरवीर पण्डित लगायतका कलाकारहरू प्रमुख भूमिकामा देखिएका छन् । यस्तै किशोर साम्बाहाम्फे, रोशन शर्मा, सुभास योञ्जन, परशुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट, दिनेश कोइराला, कविता राई, छिरिङ लामा, नवीन म्याङबो, डम्बर कुमारी लिम्बू, पाबी थेम्बे, वर्षा राजभण्डारी तामाङ पनि फिल्ममा देखिनेछन् । हेर्नुस् ट्रेलर ।

यता सुदीप लिम्बू, दामोदर सापकोटा, अम्बिका ढकाल, कृष्ण नेपाल, शिव भट्टराई, एल एन गच्छेदार, कर्ण साम्बाहाम्फे, गंगा कुँवर, रमेश कटुवाल, मदन बहादुर राई, मोहन लोप्चन, शर्मिला तामाङ, सीता नार्गेण तामाङ, मङ्गल सिंह तामाङ, नगेन्द्र तामाङ, वीरेन्द्र तामाङ, कला तामाङ, उर्मिला तामाङ, गीता राई, मोतीराम थापा, सूरज कार्की, राजीव हलवाई, शत्रुधन अन्सारी, पुनम चौधरी, विक्रम लिम्बू लगायतका कलाकारहरूको पनि यो फिल्ममा अभिनय रहेको छ ।

फिल्मको सम्पूर्ण छायाङ्कन र प्राविधिक काम सम्पन्न भइसकेको छ र यसको पोस्टर डिजाइन ‘आइडियल डिजाइनर्स’ ले गरेको हो । ओएसआर डिजिटल यो फिल्मको डिजिटल पार्टनरको रूपमा रहेको छ ।

@parikalanewsofficial

फिल्मको लेखन तथा निर्देशन भीम लामाले गरेका छन् भने निर्माताहरूमा भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट, उमेश तामाङ रहेका छन् । फिल्मको पटकथा भीम लामा, सरोज केसी, रमेश डी कौशिकले तयार गरेका हुन् भने छायाङ्कन मदन कश्यप घिमिरे, सम्पादन रमेश डी कौशिकले गरेका हुन् । यस्तै फिल्मको सङ्गीत बलराम समल, भीम बस्नेत, दिप्सन लिम्बू, शेखर थापा, सागर तामाङले तयार गरेका हुन् भने बुद्धवीर लामा, भीम लामा, इरान राई, भीम बस्नेत, सागर तामाङ, राज हाङ्ग लिम्बूको गीत यो फिल्ममा समावेश छ ।

फिल्मको एक्सन डाइरेक्टर देव कुमार महर्जन हुन् । लडाइँ पहिचानको फिल्मको गीतमा मणी कुमार लिम्बू, सानू राजा थेगिमले कोरियोग्राफि गरेका छन् भने सहायक कोरियोग्राफरको रुपमा बुद्धिमान तामाङ, प्रवीण किराती रहेका छन् । यो फिल्मलाई देशव्यापी वितरणको अधिकार कुबेर सिने डिष्ट्रिब्युसन प्रा. लि.ले पाएको छ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

अगाडिकाे पाेस्ट

आमाको मन छुने कथा: ‘आ बाट आमा’को २ पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

‘मिरमिरे’को २ पोष्टर: बाउ-छोरीको तनाव, प्रकाश र सिर्जनाको सम्बन्ध के हो ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana