इटहरी/ मधेसको सामाजिक तथा राजनीतिक यथार्थलाई पर्दामा उतार्ने महत्वाकांक्षी फिल्म ‘प्रतिवैरम’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको यस फिल्मले ४५ दिनको छायांकन तालिका पूरा गरेको निर्माण पक्षले जनाएको छ । यो फिल्म विशुद्ध रूपमा मधेसका वास्तविक कथावस्तु, सौन्दर्य र समस्यामाथि केन्द्रित छ ।
निर्माण टिमले छायांकनलाई दुई मुख्य चरणमा बाँडेर काम गरेको थियो, पहिलो १५ दिन सर्लाही जिल्लामा र दोश्रो चरणमा सिराहा जिल्लामा ३० दिन छायांकन भएको थियो । क्यामेरा पछाडिको मुख्य जिम्मेवारी निर्देशक अफ फोटोग्राफी (DOP) ज्याकले सम्हालेका थिए । रेज इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्ममा सशक्त कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको मुख्य कलाकारहरूमा सम्राट दास, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बि.के., बिके शाह, रामेश बुढाथोकी लगायत छन् । यो फिल्मको सह-निर्देशकहरूमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन् भने प्रोडक्सन म्यानेजर कमल सुनार हुन् । फिल्मको लाइन प्रोडक्सन पंकज महतो रहेका छन् ।
@parikalanewsofficial
फिल्मका निर्देशक रोशन दास स्वयंले फिल्मको कथा लेखेका हुन् । उनको भनाइअनुसार, ‘प्रतिवैरम’ को मुख्य उद्देश्य मधेसको वास्तविक धरातललाई यथार्थ ढंगले दर्शकमाझ पुर्याउनु हो । निर्देशक दास भन्छन्, “हामीले मधेसको वास्तविकता दर्शक सामु पुर्याउने योजना बनाएका छौँ, ताकि त्यहाँका कथा, सौन्दर्य र समस्यालाई सबैले महसुस गर्न सकून्।”
यो फिल्मको एउटा गीतमा अभिनेत्री प्रियंका कार्कीले आइटम डान्स गरेकी छन् । फिल्मको पटकथा भने युवराज भट्टराईले तयार पारेका हुन् । हाल छायांकनको काम सकिएसँगै यो फिल्म पोष्ट-प्रोडक्सनको कार्य द्रुत गतिमा अगाडि बढेको छ । निर्माण पक्षको तयारीअनुसार यो फिल्म २०८३ सालमा प्रदर्शनमा आउने लक्ष्य राखिएको छ ।















Discussion about this post