इटहरी/ युवा पुस्ताका गायक तथा संगीतकार निरञ्जन मगरको स्वर, शब्द र संगीत रहेको नयाँ र्याप शैलीको गीत ‘उपहार’ सार्वजनिक भएको छ । यो गीतमा प्रेममा आउने विछोड र त्यसपछिको भावनात्मक अवस्थालाई मुख्य विषयवस्तु बनाइएको छ । स्थानीय परिवेशलाई प्राथमिकता दिँदै गीतको म्युजिक भिडियो कोशी प्रदेशको केन्द्रिय शहर इटहरीका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ ।
गीतको म्युजिक भिडियोलाई निर्देशक प्रदीप कोइरालाले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा कलाकारहरू प्रियन मगर, भूमिका राई र सञ्जय मगरको अभिनय देख्न सकिन्छ । हेर्नुस भिडियो ।
यस गीतको संगीत संयोजन ‘निरञ्जन म्युजिक’ले गरेको हो भने मिक्सिङ र मास्टरिङको कामडाँफेले गरेको छ । भिडियो छायांकनमा मनीष श्रेष्ठ र दीपेश बन्जारा रहेका छन् । भिडियोलाई ‘साइराम पिक्चर्स’को आधिकारिक युट्युब च्यानलमार्फत दर्शक-श्रोता माझ सार्वजनिक गरिएको हो ।
@parikalanewsofficial















Discussion about this post