Tuesday, March 3, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ भोलि शुक्रबार अर्थात् कार्तिक २१ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदैछ । प्रदर्शन अघि निर्माण टिमले फिल्म हल सञ्चालकहरूलाई साउण्ड लेभल परीक्षण (टेस्ट रन) गर्न विशेष अनुरोध गरेको छ, ताकि दर्शकले उच्च गुणस्तरको साउण्ड अनुभव गर्न सकून् ।

बिहीबार सार्वजनिक गरिएको विज्ञप्तीमार्फत निर्माण टिमले जनाएको छ, “फिल्मको साउण्ड मिक्सिङ इमर्सिभ फर्म्याटमा (Dolby Atmos, DTS:X र Auro Max) सम्पन्न गरिएको छ, जसले दर्शकलाई फरक र वास्तविक ध्वनि अनुभव दिनेछ।” मिक्सिङ डल्बी फेडर युनिट ५.८ मा गरिएको हुँदा हलहरूले प्रदर्शन अघि न्यूनतम भोल्युम युनिट ५ बाट टेस्ट रन गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तीमा थप भनिएको छ, “यदि फिल्मलाई ३, ३.५ वा ४ युनिटमा चलाइयो भने साउण्ड सानो सुनिन सक्छ, त्यसैले मापदण्ड अनुसारको भोल्युम स्तर कायम गरिनु जरुरी छ।” निर्माण पक्षका अनुसार कतिपय हलहरूले ‘साउण्ड बढी हुन्छ’ भन्दै भोल्युम घटाउने प्रचलनले साउण्ड डिस्टोर्सन र क्वालिटी ह्रास ल्याउने भएकाले त्यस अभ्यास नगर्न सुझाव दिइएको छ ।

@parikalanewsofficial

त्यस्तै, ‘जारी २ : सङ अफ च्याब्रुङ’ आजै सेन्सर पास पनि भएको छ । चलचित्र जाँच पास समितिले यसलाई ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ, जसअनुसार सबै उमेर समूहका दर्शकहरूले फिल्म हेर्न सक्नेछन् । सेन्सर बोर्डका सदस्यहरूले लिम्बु समुदायको कथा प्रस्तुत गरिएको यस फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेको फिल्म बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त प्रस्तुति हो । यो फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ । उत्कृष्ट कथा, प्राविधिक पक्ष र सांगीतिक वातावरणका कारण ‘जारी २’लाई यस वर्षको व्यावसायिकरूपमा सफल हुने सम्भावना भएका फिल्ममध्ये एक मानिएको छ ।

अगाडिकाे पाेस्ट

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

अर्काे पाेस्ट

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत
कलिउड न्युज

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

फाल्गुन १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

फाल्गुन १८, २०८२ मा प्रकाशित
दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana