Saturday, December 6, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

✍ सुवास संकल्प
कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

इटहरी/ सुदिप्ता अधिकारीको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘रमिताको पिरती’ माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । महिला प्रधान यो फिल्ममा आना शर्मा मुख्य भूमिकामा देखिनेछिन् ।

उनको साथमा धिरज मगर र विनय श्रेष्ठ रहेका छन् भने यसै फिल्ममार्फत लोकप्रिय गायक समीर श्रेष्ठ नायकका रूपमा डेब्यु गर्दैछन् । फिल्मको फस्टलुक पोस्टरमा आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । उनी फिल्ममा ‘रमी’ नामकी पात्रको भूमिकामा छिन्, जसको वरिपरि कथावस्तु घुम्नेछ ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलका गीत-संगीत रहेका छन् । छायांकन शिशिर विशांखे, सम्पादन सुनिल सिवाकोटी, कलर कपिल पराजुली र कोरियोग्राफी कातिक बरालले गरेका छन् । फिल्मका निर्माता सागर लम्साल, कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुन् भने आर.पी. प्रोडक्सन एसोसियट पनि निर्माता सहकार्यमा छ ।

वितरणको जिम्मा काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले लिएका छन्, काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले फरक कथा र दृष्टिकोण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए । नव–नायक समीर श्रेष्ठले आफू पहिले संगीतकारका रूपमा फिल्मसँग जोडिएको तर कथावस्तु मन परेपछि अभिनय गर्ने निर्णय गरेको बताए ।

@parikalanewsofficial

नायिका आना शर्माले भने यो कथा आफूले चार वर्षअघि सुनेको र त्यसबेलादेखि नै फिल्मप्रति आकर्षित भएको बताइन् । “अहिले मेरो जीवन नै ‘रमिताको पिरती’ वरिपरि घुमिरहेको छ,” उनले मुस्कुराउँदै भनिन् । अब सबैको उत्सुकता यही छ कि ‘रमी’ अर्थात् आना शर्माको पिरती अन्ततः धिरजसँग हो कि समीरसँग ? यसको जवाफ फिल्म रिलिजपछि मात्र खुल्नेछ ।

अगाडिकाे पाेस्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

अर्काे पाेस्ट

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा
कलिउड न्युज

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

✍ परिकला न्यूज
मंसिर १९, २०८२ मा प्रकाशित
0

...

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा
कलिउड न्युज

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित
गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

मंसिर १९, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana