
इटहरी/ फिल्म ‘वरिष्ठ बलराम’ हाल हलमा धमाधम प्रदर्शन भइरहेका बेला निर्माण पक्षले नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक गरेको छ । तिहारको भाइटीकाको दिनबाट प्रदर्शनमा आएको यस फिल्मले रिलिजको पाँच दिनमै दुई करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । नयाँ सार्वजनिक गीत ‘मायाले रुवायो’ एक वियोगान्त स्याड भर्सन हो, जसमा प्रेममा रहेर पनि एक हुन नसकेका जोडीको पीडा प्रस्तुत गरिएको छ ।
गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ भने शब्द र संगीत पनि प्रशान्त शिवाकोटीकै हुन् । मर्मस्पर्शी शब्द र भावनात्मक धुनले यो गीतले दर्शकको मन छुने अपेक्षा गरिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय देख्न सकिन्छ । यसअघि सार्वजनिक भएको फिल्मकै अर्को गीत ‘न्यौली बनैमा’ले दर्शकको अत्यधिक माया पाउँदै एक करोडभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । हेर्नुस गीत

सुरेन्द्र पौडेल निर्देशित ‘वरिष्ठ बलराम’लाई वृषभ सिद्धी इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो, जसमा आन्भी फिल्म्सको सहकार्य रहेको छ । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन् ।
निर्माण टिममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता, प्रदीप जी धामी र पुष्कर बी. घिमिरे कार्यकारी निर्माता, राम विष्ट लाइन प्रोड्युसरका रूपमा छन् । मनकृष्ण महर्जनको छायांकन, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामोको नृत्य निर्देशन र प्रशान्त शिवाकोटीको संगीत रहेको फिल्मलाई उपत्यकाभित्र डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।
@parikalanewsofficial















Discussion about this post