
इटहरी/ सडकबाट गीतमार्फत चर्चाको शिखरमा पुगेका बालगायक अशोक दर्जीको जीवनयात्रामा आधारित प्रतिक्षित फिल्म ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले यसलाई मन र धनबीचको वास्तविक संघर्षमा आधारित प्रेरणादायी कथा रहेको बताएको छ । यो फिल्म यही कार्तिक २१ गतेदेखि देशव्यापि सार्वजनीक प्रदर्शनमा आउँदैछ ।
ट्रेलरमा अशोक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको यात्रा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतमार्फत जीवन परिवर्तन गर्ने कथामा संगीतकार टंक बुढाथोकीको भूमिका केन्द्रीय रूपमा देखाइएको छ । “मन बिनाको धन ठूलो कि धन बिनाको मन ?” भन्ने मूल प्रश्नमा आधारित फिल्मले वर्तमान समाजको मूल्य र मान्यतालाई प्रश्न गर्ने प्रयास गरेको छ । हेर्नुस् ट्रेलर ।

फिल्मको कथा, निर्माण र निर्देशन स्वयं टंक बुढाथोकीले गरेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मका निर्माता विष्णुमाया मैनाली र कार्यकारी निर्माता सपना शर्मा हुन् । सह-निर्मातामा जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे रहेका छन् ।
@parikalanewsofficial
फिल्मका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी हुन् भने अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा लगायत दर्जनौँ कलाकारको अभिनय रहेको छ । फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्माको सहायक निर्देशन रहेको छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।















Discussion about this post