
इटहरी/ नेपाल र भारतको टीमको सहकार्यमा बनेको नयाँ म्यूजिक भिडियो ‘बेली चमेली’ अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ । मशकबिन स्टुडियोको ब्यानरमा तयार गरिएको यो गीतमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराबीचको आकर्षक रोमान्स र नृत्यले दर्शकको मन जितिरहेको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्याप र निशाद चन्द्राको संगीत संयोजन सुन्न सकिन्छ ।
बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गीतको मिक्स–मास्टरिङ् गरेका हुन्
कवीराज गहतराजको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा पल शाहलाई फरक र दमदार अवतारमा प्रस्तुत गरिएको छ । भिडियोको एउटा दृश्यमा श्वेताले पललाई हतकडी लगाएको देखिन्छ, जसले भिडियोमा रहस्य र रोमान्स दुवैको स्वाद थपेको छ । हेर्नुस् भिडियो ।

यो दृश्य वास्तविक नभई गीतको कथा अनुसारको काल्पनिक प्रस्तुति हो । गीतमा राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङको पनि उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सुदिप बराल, सम्पादन बन्दे प्रसाद र कलर रेनिस फागोले गरेका हुन् भने प्रस्तुतकर्ता सुरेश जोशी हुन् । ‘बेली चमेली’ गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
@parikalanewsofficial















Discussion about this post