Friday, November 7, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अशोक दर्जीले ‘कर्म दिने बाउ’को उपमा दिदाँ टंक बुढाथोकीको गहभरी आँशु

✍ परिकला न्यूज
कार्तिक १३, २०८२ मा प्रकाशित
अशोक दर्जीले ‘कर्म दिने बाउ’को उपमा दिदाँ टंक बुढाथोकीको गहभरी आँशु

इटहरी/ बाल गायकबाट फिल्मी जगतमा कलाकारको रुपमा डेब्यु गर्न लागेका अशोक दर्जीले हालै प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा दिएको जवाफले यतिबेला छोटो समयमा निकै चर्चा बटुलिरहेको छ । उनले संगीतकार टंक बुढाथोकीको साथ र सहयोगलाई लिएर गरिने प्रश्नको मर्मस्पर्शी उत्तर दिएका छन् ।

अशोक दर्जीले भनेका छन्, “टंक बुढाथोकीले तलाई के दियो भन्छन क्या, यसको जवाफ चाहिँ म के दिन सक्छु थाहा छ… एउटा कर्म दिने बाउले एउटा माया दिराख्नुभाछ अनि मेरो जुन परिवार झुपडीमा बस्थे राजमहल जस्तो एउटा घर बनाईदिनुभाछ । अहिले यो अशोक दर्जी थिएन भने यति कुरा मेरो भाईबहिनी पढ्न पाउदैनथे, मेरो बाउआमा राम्रो ठाउँमा बस्न पाउदैनथे ।”

अशोकले टंक बुढाथोकीलाई ‘कर्म दिने बाउ’को उपमा दिँदै उनले दिएको माया, झुपडीबाट ‘राजमहल जस्तो घर’ बनाइदिएको र आफ्ना भाईबहिनीको शिक्षा तथा आमाबुबाको राम्रो जीवनलाई ठूलो देनको रूपमा व्याख्या गरेका छन् । अशोकले यो भन्दै गर्दा छेउमै रहेका टंक बुढाथोकीको गहभरी आशु देखिन्थ्यो ।

अशोकको यो जवाफले धेरै दर्शकको मन छोएको छ र सामाजिक सञ्जालमा उक्त अन्तरबार्ता चर्चाको केन्द्रमा छ । धेरैले अशोक दर्जीको यो स्पष्ट र गहकिलो भनाइको प्रशंसा गर्दै उनको आउँदै गरेको फिल्मलाई साथ र सहयोग गर्न अपिल गरिरहेका छन् । कार्तिक २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको अशोक दर्जी अभिनित फिल्म ‘मन बिनाको धन’ उनको ‘जिरोदेखि हिरोसम्म’को संघर्षपूर्ण कथामा आधारित छ । जसको आज ट्रेलर सार्वजनिक हुँदैछ ।

@parikalanewsofficial

फिल्ममा टंक वुढाथोकीको लेखन तथा निर्देशन रहेको छ । सामाजिक विषयवस्तुमा आधारित यो फिल्मको पटकथा र संवाद भने शिवम अधिकारीले तयार पारेका छन् । फिल्मकी निर्माता विष्णु माया मैनाली हुन् भने सपना शर्मा कार्यकारी निर्माताका रूपमा रहेका छन् । त्यसैगरी जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सह-निर्माताको रूपमा छन् ।

‘मन बिनाको धन’ नामसँग जोडिएको कारणले दर्शकमाझ रुचाइएका अशोक दर्जीले यही गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । टंक बुढाथोकीकै संगीत रहेको यो गीतले दर्जीलाई देशव्यापी पहिचान दिलाएको थियो । हाल उनी टंककै घरमा बसेर काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

फिल्ममा अशोक दर्जीका साथै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, साम्राज्ञी थापा, विनय अधिकारीलगायत धेरै कलाकारले अभिनय गरेका छन् । फिल्मको छायांकन सौरभ लामाले, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले, सम्पादन मित्र डी. गुरुङले र मुख्य सहायक निर्देशन नवराज शर्माले गरेका छन् । फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा गर्नेछन् ।

अगाडिकाे पाेस्ट

विराटनगरमा ‘सोल्टिनी’ शो लगाउन ‘लोकल मिडिया कोअर्डिनेटर’ संग कुरा गर्नुपर्ने

अर्काे पाेस्ट

‘बेली चमेली’मा पल शाह र श्वेता महराको रोमान्टिक अवतार

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन
कलिउड न्युज

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
0

...

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन
कलिउड न्युज

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
0

...

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

कार्तिक २१, २०८२ मा प्रकाशित
हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

कार्तिक २१, २०८२ मा प्रकाशित
पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

कार्तिक २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

कार्तिक २२, २०८२ मा प्रकाशित
‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

कार्तिक २२, २०८२ मा प्रकाशित
‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

कार्तिक २१, २०८२ मा प्रकाशित
हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

कार्तिक २१, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana