
ईटहरी/ कोशी प्रदेशको राजधानी बिराटनगरमा प्रदर्शनरत फिल्म सोल्टिनीको शो हटाइएपछि निर्माण युनिटले हल सञ्चालकलाई शो राख्न अनुरोध गर्दा लोकल मिडीया कोअर्डिनेटर संग कुरा गर्नुपर्ने जवाफ हल संचालकले फर्काएको कुरा सार्वजनिक भएको छ । कुन हल र को लोकल मिडीया कोअर्डिनेटर भन्ने कुरा भने खुलाईएको छैन ।
बुधबार फिल्मको आधिकारिक सामाजिक सञ्जालमा निर्माण युनिटले एक पोस्ट गर्दै यो कुराको खुलासा गरेको हो । बिराटनगर सँगै फिल्म ‘सोल्टिनी’ प्रदर्शनको दुई दिनमै देशभरका हलहरूबाट शो कटौती भएपछि निर्माण टिमले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाइरहेका छन् ।

टिमले लेखेको स्ट्याटसमा भनिएको छ, ‘विराटनगरमा हामीमाथि भएको खेल पनि कम थिएन । भाईटीकाको दिन एक मात्र शो दिनुभयो-त्यो पनि टिका लगाउने समयमा । भोलिपल्टबाट त्यो शो पनि हटाइदिनुभयो।’ टिमका अनुसार, तीन दिनसम्म शो निरन्तर दिन आग्रह गरे पनि कुनै सहयोग प्राप्त भएन । ‘पटक-पटक फोन गर्दा जवाफ आयो-‘यहाँको लोकल मिडिया कोअर्डिनेटरसँग कुरा गर्नुस्, हल मिलाउन।’ हामी त साँच्चै छक्क पर्यौं,” स्ट्याटसमा भनिएको छ ।

@parikalanewsofficial
अन्ततः चार दिनपछि एक शो पुनः दिइए पनि त्यसको अर्थ नरहेको उनीहरूको भनाइ छ। “दर्शकले त विराटनगरबाट शो हटिसक्यो भनेर बुझिसकेका थिए । शो हटाइसकेपछि फेरि ४ दिनपछि एक शो दिएर के अर्थ रह्यो र ?” निर्माण टिमले यो घटनालाई फिल्मप्रतिको अन्यायपूर्ण व्यवहारका रूपमा लिएको छ र देशभरका हल सञ्चालकसँग निष्पक्षता अपनाउन आग्रह गरेको छ ।















Discussion about this post