इटहरी/ कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा सङ्ग्रह ‘नासो’मा सङ्ग्रहित कथा ‘परालको आगो’को नाम र कथा सापटी यतिबेला म्याग्दी जिल्लाको रमणीय स्थल धारापानीमा ‘परालको आगो’ को भइरहेको छ । फिल्ममा प्रमुख भूमिका निर्वाह गरिरहेकी अभिनेत्री सुहाना थापा आज पोखरा विमानस्थल हुँदै छायांकन स्थलतर्फ प्रस्थान गरेकी छन् ।
एयरपोर्टबाटै सुहानाले त्यहाँको अत्यधिक चिसो मौसमको अनुभव सुनाएकी छन् । उनले त्यहाँ तापक्रम १ डिग्री सेल्सियस रहेको र सोही चिसो पानीमा भिजेर सुटिङ गर्नुपर्ने सिन रहेको जानकारी दिएकी छन् । चिसो मौसम र चुनौतीपूर्ण दृश्यका बाबजुद पनि उनी आफ्नो भूमिकाका लागि उत्साहित देखिएकी छन् ।
फिल्मको छायांकन २१ दिनमा सकिने समेत उनले बताइन् । यो फिल्मको निर्माण हरि ॐ सिने मेकर्सको ब्यानरमा भइरहेको छ । यो फिल्मको कथाले चामे र गौँथली नामक दम्पतीको क्षणभरमै निभ्ने परालको आगो जस्तै हुने झगडा र दाम्पत्य जीवनको मार्मिकतालाई चित्रण गरेको छ ।
@parikalanewsofficial
फिल्ममा मुख्य कलाकारको रूपमा सौगात मल्ल (जुठे दमाईको भूमिकामा), प्रकाश सपुत, सुहाना थापा प्रमुख भूमिका रहनेछ । सुरूवातमा कलाकार जितु नेपाल अनुबन्धित भए पनि पछि उनी फिल्मबाट बाहिरिएका थिए । अन्य कलाकारहरूमा सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी लगायत छन् ।
सुशील पोखरेल निर्माता रहेको फिल्मलाई बुलाकी फेम्ड लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । यस फिल्ममा पुरानै सफल फिल्मको लोकप्रिय गीत ‘उडिजाऊँ भने म पन्छी हैन’ लाई पनि समावेश गरिने भएको छ । वरिष्ठ संगीतकार शान्ति ठटालसँग गीत प्रयोगको आधिकारिक अनुमति लिइसकिएको छ । यो फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।















Discussion about this post