
इटहरी/ ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वेल ‘जारी: २’ले आफ्नो ट्रेलर सार्वजनिक गर्दै रिलिज काउन्टडाउन सुरु गरेको छ । कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर तीन मिनेट ५२ सेकेन्ड लामो सार्वजनीक भएको छ । सार्वजनिक ट्रेलरमा दयाहाङ राई च्याब्रुङ बाधकको रुपमा देखिएका छन् ।
यसपटक फिल्मले दया र मिरुना मगरबीचको सम्बन्धमा आएको नयाँ फाटो र छोरीको जन्मपछि उत्पन्न भएको भावनात्मक द्वन्द्वलाई मुख्य कथा बनाएको संकेत दिन्छ । ट्रेलरमा विजय बरालको वैवाहिक जीवनका उतारचढाव र डार्क ह्युमर मिसिएको पाटोले कथा अझ रोचक बनाएको छ । दृश्य, संगीत र अभिनयको मिश्रणले यो सिक्वेल पहिलेभन्दा बढी रोमाञ्चक हुने संकेत दिएको छ । हेर्नुस् ट्रेलर ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । दयाहाङ राई, मिरुना मगर र विजय बरालको प्रमुख भूमिका रहेको फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, मानहाङ लावती, कमलमणि नेपाल, रेखा लिम्बु लगायत कलाकारहरूको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त ब्यानरमा बनेको ‘जारी : २’लाई यस वर्षको प्रतिक्षित फिल्मको रूपमा हेरिएको छ । पहिलो ‘जारी’ले २०८० सालमा १७ करोड रुपैयाँभन्दा बढी कमाउँदै सुपरहिट भएको थियो । त्यसैले यस सिक्वेलबाट पनि बक्स अफिसमा नयाँ रेकर्ड बनाउने उच्च अपेक्षा राखिएको छ ।
@parikalanewsofficial















Discussion about this post