ईटहरी/ यही कार्तिक १४ गते रिलिज हुन लागेको पारिवारिक कथानक फिल्म ‘परान’ ले दर्शकहरूलाई आकर्षित गर्न १ लाख रुपैयाँ पुरस्कार राशीको ‘मेरो परान’ नामक प्रतियोगिता घोषणा गरेको छ । यसमा सहभागी हुन चाहनेले आफ्नो जीवनको ‘परान’ (बुबा, आमा, श्रीमान्, श्रीमती, साथी आदि) को तस्बिरसहित ‘मेरो परान’ क्याप्सन लेखेर आफ्नो कुरा पोस्ट गर्नुपर्नेछ ।
उक्त पोस्टलाई फिल्मको आधिकारिक फेसबुक पेज (@Paran) मा ट्याग गर्नुपर्नेछ । यसरी सहभागी हुनेमध्ये एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत १ लाख रुपैयाँ जित्नेछन् भने सय जनाले फिल्मको विशेष शोको टिकट पाउनेछन् । साथै, फिल्मको क्यूआर स्क्यान गरी ट्रेलर वा गीत सेयर गर्ने ५० जना दर्शकले फिल्मका कलाकारसँगै फिल्म हेर्ने अवसर पाउनेछन् ।

दुबै प्रतियोगितामा कार्तिक २० गतेसम्म सहभागी हुन पाइनेछ । गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र प्रिज्मा एडभर्टाइजिङका रन्जित आचार्यको लगानी रहेको ‘परान’ ले बुबा र छोराको कथा प्रस्तुत गरेको छ । सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशन रहेको यस फिल्ममा वरिष्ठ अभिनेता नीर साह शीर्ष भूमिकामा छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
@parikalanewsofficial














Discussion about this post