Saturday, November 8, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दर्शकको ध्यान खिच्यो ‘मन बिनाको धन’को टिजरले, ट्रेलर १२ गते सार्वजनिक हुने

✍ परिकला न्यूज
कार्तिक ९, २०८२ मा प्रकाशित
दर्शकको ध्यान खिच्यो ‘मन बिनाको धन’को टिजरले, ट्रेलर १२ गते सार्वजनिक हुने

इटहरी/ तिहारको भाइटिकाको दिनको अवसर पारेर सार्वजनिक भएको ‘मन बिनाको धन’ फिल्मको टिजरले यतिबेला दर्शकको ध्यान केन्द्रित गरिरहेको छ ।टिजरमा अशोक दर्जी नमज्जाले भक्कानिएका छन् । ति आँसुहरूले यो फिल्मको कथा कति गहिरो हुनसक्छ भन्ने संकेत गर्छन्, त्यसमाथि शिव परियार र प्रमोद खरेलको स्वरको मिठास झनै मन छुने छ । यहि कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर भने यहि आउने १२ गते सार्वजनिक गरिने निर्देशक टंक बुढाथोकीले जानकारी गराए ।

एक समय बाटोमै गीत गाएर गुजारा चलाउने अशोकलाई संगीतकार टंक बुढाथोकीले आफ्नै संरक्षणमा लिएपछि ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ भन्ने वास्तविकता दर्शकले नजिकबाट देखिसकेका छन् । यतिबेला अशोक काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्, र यही जीवनपथलाई स्पर्श गर्ने कहानी फिल्मले उठान गरेको छ ।

समाजका संवेदनशील पक्षहरूलाई उजागर गर्दै निर्माण गरिएको फिल्मले दर्शकलाई मन र धनको सही महत्वको पाठ सिकाउने निर्देशक बुढाथोकी बताउछन । यो फिल्मका कप्तान नै टंक बुढाथोकी हुन् । निर्माण, निर्देशनदेखि लेखनसम्मको कमान सम्हाल्दै उनले आफ्नो जीवनसँग गाँसिएको कथा पर्दामा उतारेका छन् । पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन् । हेर्नुस टिजर

मिनु शर्मा (सपना) मुख्य भूमिकामा देखिने फिल्ममा जीपी संगौला, विवेक नेपाल र विजय पाण्डे सहनिर्माता छन् । फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, आर्यन पोखरेल, विजय डंगोल सहितका कलाकारको अभिनय रहेको छ ।

यो फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशनले फिल्मलाई मजबुत बनाएको छ । वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएको छ । फिल्म युनिट यतिबेला देशव्यापी आक्रामक प्रचारमा जुटिरहेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘जेनजी आन्दोलन’उक्साएको लफडामा दीपक राज गिरी, तोडफोडमा संलग्नताको आरोप खण्डन

अर्काे पाेस्ट

फिल्म ‘हरिबहादुरको जुत्ता’का निर्माता सरोज नयाँ फिल्मको तयारीमा, २०८३ मा रिलिज गर्ने घोषणा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन
कलिउड न्युज

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
0

...

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन
कलिउड न्युज

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
0

...

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

कार्तिक २१, २०८२ मा प्रकाशित
हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

कार्तिक २१, २०८२ मा प्रकाशित
पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

कार्तिक २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

कार्तिक २२, २०८२ मा प्रकाशित
‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

कार्तिक २२, २०८२ मा प्रकाशित
‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

कार्तिक २१, २०८२ मा प्रकाशित
‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

कार्तिक २१, २०८२ मा प्रकाशित
हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

हर्षको ट्रेलर भन्दा हातको ‘दाग’ हेडलाइन बनेपछि वर्षा राउत मिडियाप्रति असन्तुष्ट

कार्तिक २१, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana