इटहरी/ नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री पूजा शर्मा अब नयाँ फिल्म ‘महादशा’मा देखिने भएकी छन् । तिहारको लक्ष्मीपूजाको दिन उनी यो फिल्ममा मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध भएकी हुन् । निर्माता किरण नेपालीको निर्देशन रहने ‘महादशा’मा यसअघि नै निरुता सिंह, उत्तम प्रधान, हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगादे अनुबन्ध भइसकेका छन् ।
फिल्ममा बिनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देबकोटा, पुस्कर भट्ट, दिनेस काफ्ले, रन्जन कोइराला, युबिक राज शाह, स्मृति कल्मर र एलिज पुनको पनि अभिनय रहनेछ । ‘दर्पणछाया’को चर्चित जोडी निरुता र उत्तमसँग पूजा शर्मा जोडिनुले फिल्मलाई थप बलियो बनाएको मानिन्छ ।

समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण अवस्थालाई कथामा उतार्ने यो फिल्म लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ । फिल्मको पटकथा मनिष गौतमले लेखेका हुन् भने राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माता हुन् । लामो समयदेखि प्राविधिक क्षेत्रमा सक्रिय सुरज आचार्य यसपटक कार्यकारी निर्माताको रूपमा प्रस्तुत हुँदैछन् ।
@parikalanewsofficial















Discussion about this post