इटहरी/ फिल्म ‘कल्ली’ले आफ्नो प्रचारप्रसार यात्रा सुरु गरेको छ । फागुन १ गते प्रदर्शन मिति तय गर्दै निर्माण टिमले आईतबार एकैपटक तीन पोष्टर सार्वजनिक गरेको हो । फरक-फरक रूप र पात्रको प्रस्तुति भएका यी पोस्टरहरुले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भइरहेको यस फिल्मको लेखन महेश दवाडीले गरेका छन् भने कथा र निर्देशन लक्ष्मण सुनारको रहेको छ ।
सार्वजनिक पोस्टरहरूमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतसँगै बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ । त्यस्तै, सुलक्षण भारती र सौगात मल्लको छुट्टै गेटअपले पनि फिल्मको कथावस्तु रोचक र रहस्यमय हुने संकेत दिएको छ ।

फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, अर्पण थापा, बेनिशा हमाल, वर्षा राउत, सुलक्षण भारती, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरलगायत कलाकारको मुख्य भूमिका छ ।
@parikalanewsofficial
बाल कलाकारका रूपमा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा देखिने छन् । आशिष अविरल, सरित राई र केतन क्षेत्रीले संगीत दिएका फिल्ममा एनभी महर्जनको एक्सन र निसाल पौडेलको छायांकन रहेको छ । राकेश दाहालले फिल्मका पोस्टर तयार पारेका हुन् । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तुरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको ‘कल्ली’ले पारिवारिक भावनासँगै रोचक कथा पेश गर्ने अपेक्षा गरिएको छ ।

















Discussion about this post