इटहरी/ नेपाली फिल्म क्षेत्रमा एक्सन नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी पहिलोपटक एउटै पर्दामा देखिन लागेका छन् । यी दुईलाई एकसाथ प्रस्तुत गर्ने तयारीमा नयाँ फिल्म ‘कस्तुरी’ बन्ने भएको छ । कर्पोरेट क्षेत्रमा सक्रिय रहँदै विभिन्न उद्योग सञ्चालन गर्दै आएका धीरज अग्रवालले यस फिल्ममार्फत मनोरञ्जन क्षेत्रमा डेब्यु गर्न लागेका हुन् ।
उनले टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण गर्दैछन् । फिल्मको एक पोष्टर सार्वजनीक गर्दै निर्माण घोषणा गरिएको हो । ऋत बोहोराको कथा तथा निर्देशनमा तयार हुने ‘कस्तुरी’ सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । निर्देशक बोहोराका अनुसार फिल्ममा रहस्य, डर, हत्या, अपहरण र मनोवैज्ञानिक तनावजस्ता विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिनेछ ।

निखिल र वर्षासँगै फिल्ममा निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि मुख्य भूमिकामा देखिने छन् । पटकथा ब्रजेश खनालले लेखेका हुन् भने कस्तुरीको सह-निर्मातामा अञ्जली चौधरी, छायांकनमा आलोक शुक्ला, सह-निर्देशनमा ललित बिष्ट, संगीतमा प्रशान्त शिवाकोटी, गीतमा युवराज काफ्ले, र निर्माण व्यवस्थापनमा दिलीप पन्त रहनेछन् । फिल्मको छायांकन मंसिर महिनादेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुने बताइएको छ ।
@parikalanewsofficial















Discussion about this post