Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘सोल्टिनी’को इटहरीमा पत्रकार भेटघाट, परीक्षाले गरिन् प्रकाशको खुलेर तारिफ

✍ परिकला न्यूज
कार्तिक ५, २०८२ मा प्रकाशित
‘सोल्टिनी’को इटहरीमा पत्रकार भेटघाट, परीक्षाले गरिन् प्रकाशको खुलेर तारिफ

इटहरी/ सामाजिक यथार्थ र अन्तरजातीय प्रेमको संवेदनशील कथा बोकेको नेपाली फिल्म ‘सोल्टिनी’ प्रदर्शनको संघारमा कोशी प्रदेशका मुख्य शहरहरूमा भव्य प्रचार-प्रसार गरिएको छ । तिहारको देउसी-भैलोको अवसर पारेर ‘सोल्टिनी’ टिम यतिबेला देशव्यापी प्रचार यात्रामा छ । यसै क्रममा, लक्ष्मी पूजाको दिन (कार्तिक ३ गते) सुनसरीको इटहरीस्थित फुडशाला क्याफेमा आयोजित पत्रकार भेटघाटमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र परीक्षा लिम्बू सहितको टोलीले फिल्मबारे जानकारी गराए ।

अभिनेता प्रकाश सपुतले ‘सोल्टिनी’लाई “पूर्वेली समाजको सांस्कृतिक विविधता, जातीय विविधता र समाजका विभिन्न रंगहरूलाई समेटेर एउटा मिठो लयमा बनेको मौलिक र अर्गानिक फिल्म” का रूपमा व्याख्या गरे । उनले आफूलाई यो फिल्मका मुख्य पात्र भएर अभिनय गर्न पाउनुलाई भाग्यमानी महसुस गरेको बताए ।

यस्तै पत्रकार भेटघाटमा नायिका परीक्षा लिम्बूले अभिनेता सपुतको खुलेर प्रशंसा गर्दै फिल्मको कथावस्तु उत्कृष्ट रहेकोले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताइन् । उनले ‘सोल्टिनी’को स्क्रिप्ट पढ्ने बित्तिकै धेरै कुरा समेटिएको महसुस गरेर यसमा जोडिनु पर्छ भन्ने लागेको अनुभव सुनाइन् । पत्रकार भेटघाटमा प्रकाश र परीक्षासँगै अभिनेता तथा प्रोजेक्ट हेड सुजन खतिवडा र बालकलाकारहरू शुभम् अधिकारी तथा हार्दिक पौडेलको पनि सहभागिता थियो ।

@parikalanewsofficial

प्रचार यात्रा अन्तर्गत, टोलीले कार्तिक २ गते झापाको दमकमा देउसी-भैलो तथा सांगीतिक कार्यक्रम गरेपश्चात् ३ गते इटहरीमा पत्रकार भेटघाट र सोही दिन साँझ धरानमा देउसी-भैलोसहितको कार्यक्रम सम्पन्न गरेको हो । कोशी प्रदेशको यो व्यस्त तालिकापछि ‘सोल्टिनी’ टिम हाल आफ्नो प्रचार यात्रालाई निरन्तरता दिन पोखरा पुगेको छ ।

अर्जुन सुवेदी निर्देशित यो फिल्मको कथा लेखनमा निर्देशक स्वयं र कुमार भट्टराईको सहकार्य रहेको छ । फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

रेजिना विष्ट र संसार चौलागाईं द्वारा निर्मित ‘सोल्टिनी’ मा रोशन चौलागाईं, वसन्त कटवाल र सुजन अधिकारी सहायक निर्माताका रूपमा रहेका छन् । प्लानेट थ्री फिल्म र योलो इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको यो फिल्मले सामाजिक विभेद र अन्तरजातीय प्रेममा देखिने संघर्षलाई पर्दामा सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

‘महादशा’मा अभिनेत्री पूजा शर्माको इन्ट्री

अर्काे पाेस्ट

समीर भट्ट अभिनित तथा विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ घरमै बसेर हेर्न सकिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana