इटहरी/ मिलन आलेको निर्देशनमा बन्न लागेको नेपाली कथानक फिल्म ‘पूरा भयो सपना मेरो’मा थप कलाकारको अनुबन्ध भएको छ । रोशिका फिल्म्सको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्ममा ‘कलौटे’ उपनामले परिचित कलाकार तेजेन्द्र परियार र मोडल रितु बस्नेत अनुबन्धित भएका छन् । यी २ ले यही फिल्मबाट नेपाली फिल्म उद्योगमा डेब्यु गर्ने भएका हुन् ।
सफल व्यवसायी, कलाकार तथा फिल्म निर्माता एकराज थापाले निर्माण गर्न लागेको यो फिल्ममा यसअघि नै विभिन्न क्षेत्रका कलाकारहरूलाई समेटिसकिएको छ । फिल्मको टिमले भारतीय कलाकार चेतन कुमार पुरी र ज्योतिका पुरीसँगै नेपाली कलाकारहरू प्रेम परियार, सुरेन्द्र खड्का, मनीषा श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै कमेडी विधामा खस भाषाका कलाकार कुल बहादुर ओली पनि फिल्ममा देखिनेछन् भने नेपाल सिटोरियो करातेका अन्तर्राष्ट्रिय खेलाडी मोहन लाल थापा मगर र कलाकार राजु सिटौलालाई पनि फिल्मको महत्त्वपूर्ण भूमिकामा अनुबन्धित गरिएको छ । यतिबेला फिल्मको प्रि-प्रोडक्सनको कामहरू (कलाकार छनोट लगायत) तीव्र रूपमा भइरहेको छ र फिल्म चाँडै नै छायाङ्कनमा जाने तयारीमा रहेको निर्माण युनिटको भनाइ छ ।
@parikalanewsofficial















Discussion about this post