इटहरी/ थाइल्यान्डमा हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५’ मा नेपालका तर्फबाट दिव्या पात्रा र दुर्गा ढकालले प्रतिस्पर्धा गर्ने भएका छन् । ग्रीन आर्ट्स मिडिया प्रालिद्वारा बिहीबार साँझ आयोजित एक भव्य समारोहमार्फत दिव्यालाई ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ र दुर्गालाई ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ को उपाधि प्रदान गरिएको हो ।
दुवै विजेताले अब आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्नेछन् । सो प्रतियोगिता युनेस्कोले मान्यता दिएका विश्वका महत्वपूर्ण सम्पदास्थलमा सम्पन्न हुने गर्छ, जसमा करिब ४० देशका सुन्दरीहरूले आफ्ना संस्कृति, परम्परा र सम्पदाको प्रचार-प्रसार गर्दै प्रतिस्पर्धा गर्नेछन् ।
ई-पालानेट नेपालद्वारा आयोजना हुँदै आएको यो प्रतियोगिताको उद्देश्य विश्वका कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिलाई एकै मञ्चमा जोड्ने हो ।नेशनल निर्देशक अनिला श्रेष्ठका अनुसार दिव्या र दुर्गालाई व्यक्तित्व विकास, संचार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता र स्टेज प्रस्तुतिको विशेष प्रशिक्षण प्रदान गरिएको छ । श्रेष्ठ स्वयं प्रतियोगीहरूकी ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच पनि हुन् ।
@parikalanewsofficial















Discussion about this post