Wednesday, April 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘परान’मा जोडिनुको एकमात्र कारण यसको कथा हो’ : अभिनेत्री अञ्जना बराइली

✍ परिकला न्यूज
अशोज ३०, २०८२ मा प्रकाशित
‘परान’मा जोडिनुको एकमात्र कारण यसको कथा हो’ : अभिनेत्री अञ्जना बराइली

इटहरी/ गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानीमा र ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले निर्माण रहेको पारिवारिक ड्रामा फिल्म ‘परान’ कार्तिक २४ गते प्रदर्शनको तयारीमा छ । यो फिल्मले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि छोराको आँखाअगाडि रहन चाहने एक बुबाको भावनात्मक यात्रालाई प्रस्तुत गर्छ । यसको शीर्ष भूमिकामा नेपाली फिल्म उद्योगका वरिष्ठ कलाकार नीर शाह रहेका छन् ।

पछिल्लो समयकी व्यस्त अभिनेत्री अञ्जना बराइलको पनि यस फिल्ममा उपस्थितिले विशेष चर्चा पाएको छ । प्रायः मुख्य भूमिकामा मात्र काम गर्ने बराइलले ‘परान’ मा आफ्नो भूमिका सानो भए पनि यसको गहिरो विषयवस्तुका कारण जोडिएको बताइन् । उनले यो फिल्मलाई ‘खोजेर हेर्नैपर्ने’ सूचीमा राखेकी छिन् ।

“म यस फिल्ममा जोडिनुको एक मात्र कारण यसको कथा हो । यो फिल्म त्यो कोटीमा पर्छ, जुन म आफैँ पनि हलमा खोजेर हेर्छु,” अञ्जनाले भनिन् । कामको गुणस्तर राम्रो भएकोमा पूर्ण विश्वस्त देखिएकी उनले भनिन्, “डबिङकै क्रममा मैले यो फिल्म दशैंको पारिवारिक माहोलमा लगाउनुपर्छ भनेकी थिएँ, जबकि म यस्ता सुझाव खासै दिन्न ।”

उनका अनुसार दशैं र तिहार पारिवारिक चाडपर्व भएकाले, राम्रो पारिवारिक कथा हेर्न चाहने दर्शकका लागि ‘परान’ उपयुक्त हुने विश्वास उनलाई थियो । यद्यपि, निर्माण पक्षले चाडपर्व सकिएपछि यसलाई रिलिज गर्ने तयारी गरिरहेको छ ।
अञ्जनाको दाबी छ, ‘परान’ले सबै उमेर समूहका मानिसहरूको भावनालाई समेटेको छ र यसले दर्शकको मन जित्नेछ । फिल्ममा नीर शाहको भूमिका प्रमुख रहे पनि दर्शकले लामो समयसम्म याद गर्ने पात्र आफूले निर्वाह गरेको उनको भनाइ छ ।

@parikalanewsofficial

“फिल्ममा मेरो पात्र ‘रूपा’ एकदमै मिलनसार र यादगार छ,” आफ्नो भूमिकाबारे बताउँदै उनले भनिन्, “परिस्थितिले मलाई त्यसरी प्रस्तुत गरेको छ । नीर शाह ज्यूको पात्र त स्मरणीय हुने नै भयो, त्यसपछि मेरो पात्रलाई पनि दर्शकले सम्झनेछन् । पात्रको बलियोपनकै कारण म यसको प्रचारमा सक्रिय भएकी छु ।”

नव-निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेको यो फिल्म उनकै कथामा आधारित छ, जसको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । फिल्ममा नीर शाह र अञ्जना बराइलीका साथै महेश शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायत कलाकारहरूको प्रभावशाली अभिनय रहेको छ । रिलिज नजिकिए पनि फिल्मले दर्शकको माया पाउनेमा अञ्जना बराइल पूर्ण ढुक्क छिन् ।

अगाडिकाे पाेस्ट

पुष्प खड्का र अञ्जना पुनको बाटो अलग अलग

अर्काे पाेस्ट

‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक, फिल्म कार्तिक २१ गते रिलिज हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने
इभेन्ट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

✍ परिकला न्यूज
बैशाख ९, २०८३ मा प्रकाशित
0

...

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana