
इटहरी/ लोकप्रिय गायक तथा संगीतकार थानेश्वर गौतमको स्वरमा सजिएको नयाँ गजल ‘बाटो अलग अलग’ सार्वजनिक भएको छ । आधुनिक प्रस्तुति र पारम्परिक गजलको गहिरो भावनाको संगम यो गीत तयार भएको छ । गीतका रचनाकार पद्मा लिंखा मगर हुन् भने संगीत संयोजन नारायण दंगालले गरेका छन् ।
भुवन गन्धर्वको लय, गोपाल देवको बाँसुरी र मनिष गन्धर्वको सारंगीले गजललाई अझै भावनात्मक र जीवन्त बनाएको छ । लक्ष्मण सेन्चुरीले रेकर्डिङ गरेको यस गीतमा बिमल चिन्नालले मिक्सिङ र मास्टरिङ गरेका छन् । सार्वजनिक गजलको भिडियो रामजी लामिछानेको निर्देशन र कोरियोग्राफीमा तयार गरिएको छ । हेर्नुस भिडियो

भिडियोमा पुष्पा खड्का, अञ्जना पुन र अतिथि कलाकारको रुपमा सुधीर श्रेष्ठ रहेका छन् । भिडियोको छायांकन मन कृष्ण महर्जनले गरेका हुन् भने सहायकका रूपमा सुवास महर्जन र नवराज खड्का रहेका छन् । सम्पादन बन्दे प्रसाद र सह–सम्पादन उमेश थापा मगरले गरेका हुन् । गतिशील रेकर्डिङ स्टुडियोमा तयार गरिएको “बाटो अलग अलग” गजल, “नजर–६ गजल” एल्बमको हिस्सा हो ।
@parikalanewsofficial















Discussion about this post