Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘वरिष्ठ बलराम’को न्याउली बनैमा चर्चामा, युट्युवमा ५४ लाख बढी भ्युज

✍ परिकला न्यूज
अशोज २९, २०८२ मा प्रकाशित
फिल्म ‘वरिष्ठ बलराम’को न्याउली बनैमा चर्चामा, युट्युवमा ५४ लाख बढी भ्युज

इटहरी/ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को गीत न्याउली बनैमा रिलिज भएको छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ । यो गीतको भिडियो युट्युवमा सार्वजनिक भएको दुई हप्तामा ५४ लाख भ्युज पार गर्दै यतिबेला चर्चामा छ । यसपालीको तिहारको भाइटीकाको शुभ अवसर पारेर आगामी कार्तिक ६ गते प्रदर्शनमा आउने वरिष्ठ बलराम फिल्मका लागि यो गीतले ठूलो सहयोग पुगेको छ ।

फिल्मको गीत र ट्रेलरले सामाजिक सञ्जालमा जबरजस्त चर्चा बटुल्दै बक्स अफिसमा बलियो सुरूवात गर्ने सङ्केत दिएको छ । सार्वजनिक न्याउली बनैमा गीतमा प्रशान्त शिवाकोटीको शब्द र सङ्गीत रहेको छ भने । यो गीतमा प्रशान्त र शान्तीश्री परियारको सुमधुर आवाज छ । भिडियोमा अभिनेता विजय बराल र अभिनेत्री समृद्धि अर्यालको रोमान्स र भावनात्मक केमेस्ट्रीले दर्शकको मन जितेको छ ।

विशेषगरी विजयको जीवन्त अभिनय र नृत्य शैलीको दर्शकहरूबाट भएको प्रशंसाले फिल्मप्रति अपेक्षाको ग्राफ ह्वात्तै बढाएको छ । गीतसँगै चार दिनअघि सार्वजनिक गरिएको ट्रेलरले पनि दर्शकबाट उत्तिकै उत्साहजनक प्रतिक्रिया पाएको छ । करिब १४ लाख भ्युज नाघिसकेको ट्रेलरमा अभिनेता दयाहाङ राईको फरक गेटअप र विजय बरालसँगको उनको टकराब मुख्य आकर्षण बनेको छ । हेर्नुस् भिडियो ।

दुवै स्थापित कलाकारको दमदार अभिनय र टकरावले दर्शकमा फिल्म हेर्ने कौतुकता अझै बढाएको छ । सकारात्मक प्रतिक्रिया र सामाजिक सञ्जालमा बढ्दो चर्चा हेर्दा, ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ । सुरेन्द्र पौडेलले निर्देशन गरेको यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको यस फिल्मको कथा तथा सम्पादन निर्देशक पौडेल आफैँले गरेका हुन् भने पटकथा महेश दवाडीले लेखेका हुन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको यस फिल्ममा प्रदीप जी धामी र पुस्कर बी घिमिरे कार्यकारी निर्माताका रूपमा छन् भने राम विष्ट लाइन प्रोड्युसर रहेका छन् । मनकृष्ण महर्जनले छायांकन, प्रशान्त शिवाकोटीले सङ्गीत, सम्राट बस्नेतले एक्सन निर्देशन र प्रदीप लामाले नृत्य निर्देशन गरेका छन् । फिल्मको वितरण काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछन् ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

सामाजिक यथार्थ र प्रेमबीचको संघर्ष बोल्ने ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक

अर्काे पाेस्ट

फिल्म मैझारोको ट्रेलर रिलिज, धीरज र मिरुनाको प्रेमकथा मुख्य केन्द्रमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana