Monday, January 12, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिसेस पुर्बेली आईकन-२’को ताज मेघा खड्कालाई, उपविजेता कबिना पोखरेल र उर्मिला मगर

✍ सुवास संकल्प
अशोज २६, २०८२ मा प्रकाशित
‘मिसेस पुर्बेली आईकन-२’को ताज मेघा खड्कालाई, उपविजेता कबिना पोखरेल र उर्मिला मगर

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ ७ बजेदेखि सुरु भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् ।

मेघा खड्काले मुख्य उपाधिका साथै ‘मिसेस ग्लामर’को सबटाइटल पनि हात पारिन् । विजेता भएसँगै उनले १ लाख बराबरको पुरस्कार समेत प्राप्त गरेकी छन् । यस्तै रईशा चौधरीले ‘अर्गनाइजर च्वाइस’को अवार्ड हात पारिन् भने प्रतियोगितामा कबिना पोखरेल फस्ट रनरअप बन्दै उनले ‘पब्लिक च्वाइस’को उपाधि पनि जितिन् । त्यसैगरी उर्मिला मगर सेकेन्ड रनरअपको स्थानमा रहिन् भने उनलाई ‘मिसेस पर्सनालिटी’को सबटाइटल पनि प्रदान गरियो । चौथो स्थान अर्थात् थर्ड रनरअपको उपाधि सिता पुरीले जितिन् ।

ओपन स्पेस प्रा.ली. द्वारा आयोजित यस प्रतियोगिताका सिइओ सजिना श्रेष्ठ र इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ हुन् । प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरेकी थिइन् भने मिडिया कोअर्डिनेटरको भूमिका सुवास संकल्प श्रेष्ठले निभाएका थिए । ग्रान्ड फिनालेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । निर्णायकहरूमा एनटिभी इटहरी प्रमुख बसन्त रुपखेती, ‘म्यान अफ द वर्ल्ड २०२५’का प्रकाश चौहान, ‘मिस इटहरी २०२२’ डीना कटवाल र ‘मिस नेपाल आइडल २०१८’की मेरीना तुम्सा लिम्बु रहेका थिए ।

यस्तै, एनटिभी इटहरी प्रोडक्सन हेड अमित वर्मा र मुस्कान तामाङ (बेबो) विशेष अतिथिको रूपमा उपस्थित थिए ।
विजेता र रनरअप बाहेक सबटाइटलतर्फ रईशा चौधरीले ‘मिसेस बेस्ट वाक’ र ‘ब्युटी विथ पपर्स’ गरी अर्गनाइजर सँगै तीनवटा उपाधि जितिन् । अन्य सबटाइटल विजेताहरूमा अर्चना सिटौला ‘मिसेस फ्रेन्डसिप’, सिता पुरी ‘मिसेस ट्यालेन्ट’, समिता राई ‘मिसेस इन्टेलेक्चुअल’, आयुषा कुँवर ‘मिसेस हस्पिटालिटी’, सिमा लाकान्द्री ‘बेस्ट ट्रान्सफर्मेसन’, परीना राई ‘मिसेस फोटोजेनिक’ र सिर्जना लिम्बु ‘मिसेस डिस्प्लिन’ रहेका छन् ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न फोटोग्राफीमा निश्चल ग्यालरी, मिडिया पार्टनरमा परिकला न्यूज, ग्राफिक डिजाइनमा बि प्रोडक्सन रहेका थिए । कार्यक्रमको सहयोगी संस्था तथा स्पोन्सरहरूमा बार्दली क्रियसन, सारा सेवा, फुडसाला क्याफे, यार्सागुम्बा वेभरेज, धरान डेन्टल क्लिनिक रहेको थियो । एसबि मेकअप एन्ड नेल स्टुडियो (मेकअप पार्टनर), निधि बुटिक (डिजाइनिङ पार्टनर) र भोटिङ पार्टनर माइपे रहेका थिए । ‘मिसेस पुर्बेली आईकन’ ले विवाहित महिलाहरूलाई गृहस्थी जीवनसँगै आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

फिल्म ‘लडाईं पहिचानको’ दोश्रो गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक

अर्काे पाेस्ट

‘वरिष्ठ बलराम’की समृद्धि भन्छिन्-‘म शो पिस होइन, इम्प्याक्टफुल क्यारेक्टर हो’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार
कलिउड न्युज

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
0

...

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा
कलिउड न्युज

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
0

...

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित
नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

पुस २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

पुस २८, २०८२ मा प्रकाशित
‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

पुस २८, २०८२ मा प्रकाशित
एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana