इटहरी/ आगामी मङ्सिर ५ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘लडाईं पहिचानको’ले आफ्नो नयाँ खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ । गीतमा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । मधुर धुन, सुन्दर लोकेशन र करिश्मा-रोशनको केमेस्ट्रीले दर्शकको ध्यान खिच्न सफल हुनेमा निर्माण पक्ष ढुक्क छ ।
सार्वजनिक गीतमा स्वर प्रताप दास र बबीना किराँतीले दिएका छन् भने शब्द तथा संगीत भीम बस्नेतको रहेको छ । गीतको एरेञ्जमेन्ट दिनेश लाल राजबहाकले गरेका हुन् । भीम लामाको कथा, पटकथा र निर्देशनमा तयार भएको फिल्म ‘लडाईं पहिचानको’ले नेपाली समाजमा पहिचान, आत्म-सम्मान र संघर्षको कथालाई चित्रण गर्ने बताइएको छ ।
यो फिल्ममा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पाण्डित, किशोर सम्बाहाम्फे, रोशन शर्मा, सुवास योन्जन, परसुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट, दिनेश कोइराला, कविता राई, छिरिङ लामा, नविन मेन्याङ्बो, डम्बर कुमारी लिम्बुको अभिनय रहेको छ । हेर्नुस् गीत ।
यस्तै अन्य कलाकारहरुमा पबी तेम्बे, वर्षा राजभण्डारी तामाङ, सुदीप लिम्बु, दामोदर सापकोटा, अम्बिका ढकाल, कृष्ण नेपाल, शिव भट्टराई, एल.एन. गच्छदार, कर्ण सम्बाहाम्फे, गंगा कुँवर, रमेश कटुवाल, मदन बहादुर राई, मोहन लोप्चन, शर्मिला तामाङ, सीता नोरगेन तामाङ, मंगलसिंह तामाङ, नगेन्द्र तामाङ, बिरेन्द्र तामाङ, कला तामाङ, उर्मिला तामाङ, गीता राई, मोतीराम थापा, सुरज कार्की, राजिब हलवाई, सत्रुधन अन्सारी, पुनम चौधरी र विक्रम लिम्बुको अभिनय रहेका छन् ।
फिल्मको छायांकन मदन कश्यप घिमिरेले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ रमेश डी. कौसिकले गरेका छन् ।
एक्सन निर्देशन देवकुमार महर्जनको रहेको छ भने कोरियोग्राफी मणिकुमार लिम्बु र सानु राजा थेगिमले गरेका छन् । यस्तै संगीतमा बलराम समाल, भीम बस्नेत, दीप्सन लिम्बु, शेखर थापा र सागर तामाङ रहेका छन् । गीतका शब्दहरू बुद्धबीर लामा, भीम लामा, ईरान राई, भीम बस्नेत, सागर तामाङ र राज हाङ लिम्बुले लेखेका हुन् ।
@parikalanewsofficial
निर्मातामा भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ रहेका छन् । सह-निर्देशक बुद्धिमान तामाङ र प्रभिन किर्ती, कला निर्देशक सुजन महत, मेकअप आर्टिस्ट अशोक मण्डल, प्रोडक्सन म्यानेजर मोतीराम थापा र को-डाइरेक्टर रमेश डी. कौसिक रहेका छन् । फिल्मको पोस्ट-प्रोडक्सन थलीवुड मोशन पिक्चर्सले गरेको हो भने पोस्टर डिजाइन आइडियल डिजाइनर्सले तयार पारेका छन् । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ भने देशभर कुबेर सिने डिस्ट्रीब्युसन प्रा.लि.ले डिस्ट्रिब्युसन गर्दैछ ।














Discussion about this post