Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विजय लामालाई मनपर्यो बलिदान, समीरको अभिनय र सन्तोषको निर्देशनको प्रशंसा

✍ परिकला न्यूज
अशोज २२, २०८२ मा प्रकाशित
विजय लामालाई मनपर्यो बलिदान, समीरको अभिनय र सन्तोषको निर्देशनको प्रशंसा

Screenshot

इटहरी/ नेपाली फिल्म ‘बलिदान’ले केवल दर्शकलाई मात्र हैन, नेपाली फिल्म उद्योगका वरिष्ठ कलाकारहरूलाई समेत प्रभावित पारिरहेको छ । त्यही प्रभाव अनुभव गरेका हुन् वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले । सोमबार साँझ फिल्म हेरेपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‘बलिदान’ लाई “फरक स्तरको नेपाली फिल्म” भन्दै खुलेर प्रशंसा गरे । लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ । यसमा सबैको मेहनत देखिन्छ । नेपाली फिल्मको स्तर बढ्दै गएको प्रमाण यही फिल्म हो ।”

उनले थपे, “हामीले अभिनय गर्दा देखेको सपना अहिलेका सन्तोष सेनहरूले साकार पार्दैछन् । ‘बलिदान’ हेर्दा नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा पुग्ने सम्भावना झनै स्पष्ट देखिन्छ ।” निर्देशक सन्तोष सेनको कामको विशेष प्रशंसा गर्दै लामाले हास्यपूर्वक भने, “मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन हिरो हुन्थेँ होला ।”

त्यसैगरी, अभिनेता समीर भट्टको अभिनयको उच्च मूल्यांकन गर्दै लामाले समीर र उनका पिता बिराज भट्ट दुवैलाई आफ्ना-आफ्नै समयमा नेपाली फिल्मका स्तम्भका रूपमा व्याख्या गरे । “बिराज बिराज नै हुन्, समीर समीर नै हो । बिराजको समयमा बिराजको अधिपत्य थियो, अब समीरको पालो आएको छ,” उनले भने ।

फिल्मकी अभिनेत्री ऋचा शर्माले पनि दर्शकको माया पाउँदा आफू अत्यन्त भावविह्वल भएको बताइन् । समीरकी आमाको भूमिकामा देखिएकी उनले भनिन्, “मेरो भूमिकासँग धेरै आमाहरू भावनात्मक रूपमा जोडिनुभयो, त्यो मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हो ।” बडादसैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको ‘बलिदान’ हाल दोस्रो सातामा पनि देशभर करिब १ सय ३० शोका साथ उत्कृष्ट व्यापार गरिरहेको छ । वितरकहरूका अनुसार, फिल्मले पहिलो सातामै उल्लेखनीय सफलता हात पारेको छ ।

@parikalanewsofficial

आमा-छोराबीचको प्रेम, त्याग र सम्बन्धमा आधारित कथासँगै दमदार एक्सन र भावनात्मक अभिनयले दर्शकको हृदय छोएको ‘बलिदान’ लाई पछिल्लो पुस्ताका एक्सन स्टार समीर भट्टको करियरमा नयाँ मोडका रूपमा हेरिएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीलगायत कलाकारको दमदार अभिनय देख्न सकिन्छ । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

अगाडिकाे पाेस्ट

‘मिसेस पुर्बेली आईकन’ प्रतिष्पर्धी सीताको रुढीवादी सोच परिवर्तनको आह्वान

अर्काे पाेस्ट

रातिको १०:५५ को बलिदान शो भरिभराउ, भोलिका शो घटाइएकोमा वितरकको आपत्ति

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana