इटहरी/ माईतीघर फिल्मको टाइटल गीतमा गरिएको नृत्य प्रतियोगिताको विजेता घोषणा देशभरका फिल्म हलबाट सार्वजनिक हुने भएको छ । केही हप्तादेखि चलेको यो प्रतियोगितामा समावेश प्रतिष्पर्धी हरुले भिडियो सामाजिक सञ्जाल टिकटक र फेसबुकबाट सार्वजनीक गरिएको थियो । आधिकारिक रुपमा ओएसआर डिजिटलको टिकटक एकाउन्टबाट ६ सय ५० बढी प्रतिष्पर्धी भिडियोहरू सार्वजनीक गरिएको थियो ।
जसमध्ये प्रस्तुती, लाईक तथा भ्युजको आधारमा दशैँको टीकाको दिन नै विजेता छनौट गरिसकिएको निर्माता रोहित अधिकारीले जानकारी गराए । ५ लाख नगद पुरस्कार राशि रहेको यो प्रतियोगिताको विजेता बारे थाहा पाउन भने फिल्म हल पुगेर माईतीघर हेर्नुपर्ने अवस्था आएको छ । निर्माता अधिकारीलेले विजेतालाई पनि अवसर माथि अवसरले खुशी थपियोस् भनेर फिल्मबाटै विजेतालाई सार्वजनीक गर्ने कन्सेप्ट बनेको बताए ।
उनका अनुसार विजेता को बनेको छ ? भन्ने जिज्ञासा माईतीघर फिल्मको अन्त्यमा मेटिने छ । भोलि शनिबार देखिको देशभरका सम्पूर्ण माईतीघर फिल्मको शोमा यो जानकारी पाईनेछ । विजेताले त्यहाबाट जानकारी लिएर निर्माण युनिटलाई सम्पर्क गर्नुपर्नेछ । निर्माता अधिकारीका अनुसार विजेता सम्पर्कमा आएपश्चात दशैं लगत्तै पत्रकार सम्मेलन गरेर विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।
@parikalanewsofficial
यतिबेला माइतीघर फिल्म देशभर सकारात्मक प्रतिक्रियाको साथ प्रदर्शन भइरहेको छ । कतिपय ठाउँमा यो फिल्मले हाउसफुल दर्शक समेत पाईरहेको छ । धीरज मगर, उपासना सिंह ठकुरी, केदार प्रसाद घिमिरे माग्ने बुढा, प्रकाश सपुत लगायतका कलाकारहरूको अभिनय रहेको फिल्मले दशकको पैसा असुल गर्ने प्रतिक्रिया प्राप्त भैरहेको छ । रोहित अधिकारी फिल्मस् को व्यानरमा बनेको यो फिल्मलाई मिलान तामाङ ले निर्देशन गरेका हुन् ।















Discussion about this post