इटहरी/ कोशी प्रदेशको नामविरुद्ध चलेको ‘नो कोशी आन्दोलन’लाई पर्दामा उतार्ने नेपाली फिल्म ‘लडाइँ पहिचानको’को टिजर सार्वजनिक गरिएको छ । मंसिर ५ गते प्रदर्शनमा आउन तय भएको यस फिल्मको टिजरले हालैका पहिचानवादी आन्दोलन र जनजातीय समुदायको आवाजलाई कथानकको केन्द्रमा राखेको देखिन्छ । सिलाम साक्मा अंकित झण्डासहित प्रस्तुत गरिएको टिजरले आन्दोलनको संवेदनशील मुद्दालाई प्रतिविम्बित गरेको छ ।
यो फिल्ममा करिश्मा मानन्धर संचारकर्मी, धिरेन शाक्य प्रहरी प्रमुख र प्रशान्त तामाङ पहिचानवादी नेताको भूमिकामा देखिएका छन् । पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म करिब १ करोडको लागतमा तयार भएको हो । हेर्नुस् टिजर ।
भिम लामा फिल्म्स प्रा.लि.को ब्यानरमा भिम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ संयुक्त निर्माता रहेका यस फिल्ममा धिरेन शाक्य, करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खड्गी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारको अभिनय रहेको छ । फिल्मको वितरण कुवेर फिल्म डिष्ट्रिब्युटर्सले गर्ने भएको छ ।
@parikalanewsofficial














Discussion about this post