इटहरी/ दशैंको रमाइलो माहोलसँगै नेपाली फिल्म उद्योगमा पनि फिल्मको गरम गफ सुरु भएको छ । यस्तैमा बहुप्रतीक्षित मानिएको फिल्म ‘बलिदान’ प्रदर्शनको अन्तिम तयारीमा छ । फूलपातीको दिन अर्थात् आगामी सोमबारदेखि देशभरका हलमा रिलिज हुने यो बहुप्रतिक्षित फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र पाएको छ ।
समितिको निर्णयअनुसार फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्ने भए पनि अभिभावकको मार्गदर्शन आवश्यक पर्नेछ । सन्तोष सेनको निर्देशनमा बनेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत चर्चित कलाकारहरूको दमदार अभिनय समावेश छ ।
निर्माता पक्षका अनुसार फिल्मले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने चासो र मागअनुसार यो संख्या ३०० सम्म पुग्ने अपेक्षा गरिएको छ । अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकको उत्साह देखिन थालेको छ, जसले फिल्मप्रति उच्च अपेक्षा झल्काउँछ ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस फिल्मलाई निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरीले प्रस्तुत गरेका हुन् । एक्सन जानरामा पारिवारिक र सामाजिक सन्देशमा आधारित यो फिल्मलाई यसपटकको दशैंमा दर्शकले मुख्य मनोरञ्जनको रूपमा स्वीकार्ने विश्वास निर्माण पक्षको छ ।
@parikalanewsofficial















Discussion about this post