इटहरी/ दशैँको रौनकसँगै यस वर्षको बहुप्रतिक्षित मध्येको एक फिल्म ‘हरिबहादुरको जुत्ता’ले आफ्नो प्रदर्शन मिति संघारमै आइपुग्दै गर्दा दर्शकमाझ नयाँ गीत लिएर आएको छ । असोज १३ गते अर्थात् दशैँको फूलपातीको शुभ साइतमा प्रदर्शनको तयारीमा रहेको यस फिल्मको ‘सुन्तलीमाई’ बोलको नयाँ गीत सार्वजनिक भएको हो ।
गीतमा चर्चित गायिका समिक्षा अधिकारी र निर्मातासमेत रहेका मोहितवंश आचार्यको मीठो स्वर सुन्न सकिन्छ । गीतकार दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीतले गीतलाई आकर्षक बनाएको छ । यसमा कुशल सिंहले एरेन्ज र श्याम श्वेत रसाइलीले मिक्सिङ्ग/मास्टरिङ्गको काम गरेका छन् ।
गीतको भिडियो पनि आकर्षक बनेको छ, जसमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रकाश सपुत र बर्षा राउत लगायत फिचर छन् । फिल्मको कथाअनुसार बगेको भिडियोमा अन्य कलाकारको पनि उपस्थिति देख्न सकिन्छ ।
विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका हुन् भने नहकुल खड्काले सम्पादन गरेका छन् । हेर्नुस् भिडियो ।
दिपेन्द्र के खनाल निर्देशित यो फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् ।
फिल्मको छायाङ्कन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादनको काम नकुल खड्काले गरेका छन् । फिल्ममा वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको छ भने आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ । यो फिल्मले नेपाली बक्स अफिसमा कस्तो व्यापार गर्ला भन्ने उत्सुकता यतिबेला सिने नगरीमा निकै बढिरहेको छ ।
@parikalanewsofficial















Discussion about this post