इटहरी/ हामीले नेपाली बोलिचालीका शब्दहरूमा अन्य शब्द मिसाएर वा उल्टो शब्द बोलेर अरूले नबुझ्ने शैलीमा बोलेको त पक्कै थाहा छ । विशेषगरी गाउँघरमा यो शैली अपनाइन्छ । तर एउटा गीत नै सबै शब्दहरूलाई उल्टो बनाएर गाईएको सायदै कसैले सुन्नु भएको छैन । हालै यो शैलीलाई अपनाईएर गीत सार्वजनिक गरिएको छ । संभवतः यो शैलीको गीतमा नेपालमा यो नै पहिलो हो ।
बोकेदारी उपनामले लोकप्रिय अर्थात् पूर्वको सम्राट भनेर चिनिने गायक श्रीकृष्ण लुइँटेलले उल्टो गीत “ग्रेबी” सार्वजनीक गरेका छन् । उनले यो गीतका हरेक शब्द उल्टो बनाएर गाएका छन् । अर्थात् ‘बिग्रे’ लाई ‘ग्रेबि’, ‘महिला महिला बिग्रे’ लाई ‘लाहिम लाहिम ग्रेबि’ बनाएर गीत गाएका छन् । सो गीत सुन्दा एकदम रोचक र केही अनौठो लाग्छ ।
भाषा नेपाली नै भए पनि बोलिरहने शब्दलाई उल्टो बनाएर गीत गाउँदा रोचक सुनिएको छ । हरेक पटक आफ्ना गीतहरूमा नयाँ प्रयोग गर्नेमा पर्छन् गायक लुइँटेल । यो गीतलाई उनले आफ्नै युट्युब च्यानलबाट २ दिन अगाडि सार्वजनीक गरेका हुन् । धेरैले यो गीत लाई मन पराएका छन् । हेर्नुस् भिडियो ।
केहीले अनौठो अनि कता कता अङ्ग्रेजी जस्तो लाग्यो भनेर प्रतिक्रिया दिएका छन् भने केहीले आफ्नो बालापनको याद आयो भनेर कमेन्ट गरेका छन् । यो गीतमा गायक लुइँटेलको स्वरसँगै शब्द र संगीत पनि उनकै छ । एरेन्ज, मिक्स र माष्टरिङ दिनेश न्यौपानेले गरेका हुन् । गीतको भिडियोमा उनी आफै देखिएका छन् । एउटै कोठा भित्र उनले कमेडी पारामा लिप्सिङ गरेका छन् । भिडियोको छायांकन, सम्पादन र कलरिङ शेखर देव घिमिरेले गरेका हुन् ।
@parikalanewsofficial















Discussion about this post