इटहरी/ दशैंको माहोलसँगै कोशी प्रदेशका हलहरूले आउने फूलपातीबाट रिलिज हुने नयाँ नेपाली फिल्महरूको अग्रिम टिकट बिक्री सुरु गरेका छन् । प्रदेशभरका मुख्य हलहरूले दिएको शो अनुसार, अहिलेसम्म ‘बलिदान’ सबैभन्दा अगाडि देखिएको छ । पछिल्लो विवरणअनुसार ‘बलिदान’लाई १६, ‘माईतीघर’लाई १० र ‘हरिबहादुरको जुत्ता’लाई ८ शो छुट्याइएको छ ।
विर्तामोडको क्विएफएक्समा बलिदानले ५ शो, माईतीघरले १ शो र हरिबहादुरको जुत्ताले १ शो पाएका छन् । त्यस्तै, विर्तामोडकै पाथीभरा सिने प्लाजाले बलिदानलाई ४, माईतीघरलाई ३ र हरिबहादुरको जुत्तालाई ३ शो दिएको छ ।
यता धरानको फ्रेन्ड्स सिनेमाले बलिदानलाई ४, माईतीघरलाई ३ र हरिबहादुरको जुत्तालाई १ शो निर्धारण गरेको छ भने बिराटनगरको सिटी सिनेमाले बलिदानलाई ५, माईतीघरलाई ३ र हरिबहादुरको जुत्तालाई ३ शो दिएको छ ।
इटहरीको ईलाइट सिनेमा, दमकको डीम्याक्स र बिराटनगरको सेन्ट्रल मल्टीप्लेक्सले अझै बुकिङ खुलाएका छैनन् भने आगलागीका कारण बन्द रहेको बिराटनगरको क्विएफएक्स र इटहरीको क्विएफएक्स भने यसपटक प्रदर्शन सूचीमा छैनन् । बाँकी हलहरूले पनि छिट्टै बुकिङ खुलाउने तयारी गरिरहेका छन् ।
@parikalanewsofficial














Discussion about this post