इटहरी/ तीन पुस्ताको स्वर एउटै गजलमा भेटिनु दुर्लभ कुरा हो, तर नेपाली संगीतले मंगलबार यस्तो ऐतिहासिक क्षण अनुभव गर्यो । विश्वप्रसिद्ध गजलकार गुलाम अलि खान, उनका छोरा आमीर गुलाम अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर समेटिएको गजल ‘गजल उकै गीत उनकै’ काठमाण्डौको कमलपोखरीस्थित बिग मुभिजमा विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।
यस गजललाई मनोज खड्काले लेखेका हुन् भने संगीत मिलन मोक्तानले दिएका छन् । किरण खरेलले एरेन्ज गरेको गीतमा मोडल दिपक घिमिरे र मिसेस ब्युटिक्वीन नेपाल २०२५ विजेता बर्षा कुवँरले रोमान्टिक जोडीको रुपमा अभिनय गरेका छन् । भिडियोमा उनीहरूको प्रेमकथा भावनात्मक तानाबानासहित प्रस्तुत गरिएको छ । निर्देशक पनि रहेका संगीतकार मिलन मोक्तानले गीतलाई पर्दामा उतारेका हुन् । हेर्नुस भिडियो ।

सुवास लोकेन्द्रले छायांकन र अर्जुन खड्काले सम्पादन गरेको भिडियो प्रेमिल र कोमल भावनामा केन्द्रित छ । कार्यक्रममा बोल्दै मोक्तानले केही समयअघि नेपाल आएका गुलाम अलिले आफ्ना नेपाली श्रोता-दर्शकलाई अर्पण गर्न यो गजल स्वरबद्ध गरेको बताएका थिए । तीन पुस्ताको सामूहिक स्वरमा जन्मिएको यो गजल नेपाली गजल यात्रामा मात्र होइन, सांगीतिक इतिहासमा पनि विशेष अध्याय थप्ने गरी आएको छ ।
@parikalanewsofficial

















Discussion about this post