इटहरी/ मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का अब ठूलो पर्दामा देखिने भएकी छन् । उनी ‘डल्लेले इन्ट्री मार्यो’ फिल्ममार्फत ठूलो पर्दामा प्रवेश गर्न लागेकी हुन् । राजु गिरीको निर्देशनमा बन्ने यो फिल्मका लागि उनलाई घटस्थापनाको दिन औपचारिक रूपमा अनुबन्ध गरिएको हो ।
मिस नेपाल २०२५ को अडिसन भिडियो क्लिपमार्फत चर्चामा आएकी रोशनीलाई यस फिल्ममा लोकप्रिय हास्य अभिनेता सागर लम्साल (बले) को जोडीका रूपमा देख्न पाइनेछ । लक्ष्मण सुवेदीको लेखन रहेको यस कथामा रोशनी र सागरसँगै रमेश बुढाथोकी, रबिन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेललगायत कलाकारहरूलाई पनि देख्न सकिनेछ ।

फिल्मको छायांकन श्याम तामाङले गर्नेछन् भने द्वन्द्व निर्देशन देव महर्जनले सम्हाल्नेछन् । संगीततर्फ अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापा रहनेछन् । सामाजिक कथानकमा आधारित हास्यप्रधान यस फिल्मको सुटिङ दशैंपछाडि चितवन र काठमाडौंमा सुरु हुने जानकारी निर्देशक गिरीले दिएका छन् । फिल्म उषा फिल्मसको ब्यानरमा निर्माण हुँदैछ ।
@parikalanewsofficial














Discussion about this post