इटहरी/ बडादशैंको पहिलो दिन घटस्थापनाको शुभ साइतमा नयाँ नेपाली फिल्म ‘लज्जावती’ले आफ्नो छायांकन यात्रा सुरु गरेको छ । सोमबार पशुपतिनाथ मन्दिर परिसरमा गरिएको शुभमुहूर्तसँगै फिल्मको छायांकन थालिएको हो । शुभमुहूर्त सट लेखक प्रदीप भारद्धाजले गरेका थिए भने प्रमुख कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले क्यामेरा फेस गर्दै फिल्मलाई औपचारिकता दिएका थिए ।
त्यसपछि निर्माता विकास राज जोशीले नरिवल फुटाएर निर्माणको बाटो खुला गरेका थिए । पशुपति आर्यघाटबाट सुरु भएको छायांकन ३० दिनमै सम्पन्न गर्ने लक्ष्य निर्देशक राज बहादुर सानेले राखेका छन् । आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको यस प्रोजेक्टमा कमल प्रसाद शर्मा र सन्दीप रोकाया निर्माता छन् । कार्यकारी निर्माता दीपक भण्डारी, सह-निर्माता भिमराज रोकाया र छायांकन निर्देशक दिव्यराज सुवेदी रहेका छन्, जसलाई प्रवीन सुवेदीले सघाउनेछन् ।
फिल्ममा विशाल बराल सहायक निर्देशक र रवी केसी मेकअप आर्टिष्टका रूपमा रहेका छन् । काठमाडौं र आसपासमा छायांकन हुने ‘लज्जावती’मा प्रमुख कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्मासँगै माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल र रामहरी खड्का लगायतको पनि अभिनय रहनेछ । निर्माण टिमका अनुसार सम्पूर्ण पोस्ट–प्रोडक्सन सकेपछि मात्र फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिनेछ ।

@parikalanewsofficial















Discussion about this post