इटहरी/ नेपाली र भारतीय फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ । घटस्थापनाको दिन पारेर आज यस फिल्मको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा तयार हुन लागेको यो फिल्मलाई अपेक्षित र भव्य प्रोजेक्टका रूपमा हेरिएको छ ।
यो फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन् । निर्माण पक्षका अनुसार यो फिल्म ठूलो बजेटमा बन्नेछ र भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली सहभागी हुनेछन् । यसअघि अन्तर्राष्ट्रिय स्तरका ठूला फिल्ममा काम गरिसकेका प्राविधिक संलग्न हुने भएकाले यसलाई प्राविधिक रूपमा सबल हुने अपेक्षा गरिएको छ ।

हाल फिल्मको प्रारम्भिक तयारी र कलाकार छनोट प्रक्रिया अगाडि बढिरहेको छ । कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको फिल्मलाई २०२६ मा विश्वव्यापी प्रदर्शन गर्ने योजना रहेको छ । सार्वजनिक गरिएको पहिलो पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ । यसले फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत दिएको छ । प्रेमका लागि युद्धसम्मको परिस्थिती सिर्जना हुने कथावस्तुलाई फिल्मले प्रस्तुत गर्ने जनाइएको छ ।

@parikalanewsofficial















Discussion about this post