इटहरी/ देशभरका करिब ४० भन्दा बढी फिल्म हलमा ५१ दिनसम्म प्रदर्शन भई बक्स अफिसमा १२ करोडभन्दा बढी कमाइ गरेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमार्फत विश्वभर उपलब्ध भएको छ । दर्शकहरूले अब मोबाइल, टेलिभिजन वा कम्प्युटरबाट घरमै बसेर फिल्म हेर्न सक्ने भएका छन् ।
आर्टमान्डूको ब्यानरमा निर्माण भएको यो फिल्मले यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय संगीतका कारण दर्शकहरूको मन जितेको थियो । समीक्षक र मिडियाबाट समेत प्रशंसा पाएको यस फिल्मको निर्देशन तथा लेखन नवीन चौहानले गरेका हुन् ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका चर्चित कलाकारको दमदार अभिनय रहेको छ । गीतमा सुजन चापागाईंको स्वर सुन्न सकिन्छ भने सङ्गीत कोविद बज्रले दिएका छन् । हलमा निकै सफल साबित भएको ‘ऊनको स्वीटर’ अब डिजिटल माध्यममार्फत अझै फराकिलो दर्शकसमक्ष पुग्ने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial















Discussion about this post