इटहरी/ भाद्र २७ गतेबाट पछाडि धकेलिएको अभिमन्युको असोज १३ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेर प्रचार गरिरहेको भएपनि हालै पुनः यो फिल्मको प्रदर्शन मिति पछाडि धकेलिएको छ । अब यो फिल्म असोज २४ गतेदेखि नेपालसहित भारत र विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको निर्माण पक्षले जानकारी दिएको छ ।
रिलिज मिति सारिएको कारणबारे आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, असोज १३ गते चारवटा नेपाली फिल्म एकैसाथ आउन लागेकाले शो संख्या घट्ने सम्भावना बढेको र वितरक–प्रदर्शकहरूको आग्रहअनुसार नयाँ मिति तोकिएको हो । यसअघि भदौ २७ गते प्रदर्शन गर्ने योजना भए पनि देशमा भएको Gen-Z आन्दोलनका कारण फिल्म रोकिएको थियो ।
निर्माण पक्षका अनुसार असोज २४ गते यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा एकसाथ सार्वजनिक हुनेछ । यस दिन फिल्मले सोलो रिलिजको अवसर पाउने भएकाले यसलाई फाइदाजनक अवसरका रूपमा लिइएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलको मुख्य भूमिका रहेको छ ।

सुशान्त गौतम निर्देशित फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथा मुकेश खनालले लेखेका हुन् । विनोद पौडेल र गुञ्जन गिरीको निर्माणमा बनेको यस फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् भने लाइन प्रोड्युसर जीवन शाक्य हुन् ।
@parikalanewsofficial















Discussion about this post