इटहरी/ देशभरका हलहरूमा यतिबेला प्रदर्शनरत नेपाली फिल्म ‘कोशेढुङ्गा’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । जेनजी आन्दोलनका कारण केही समय हल बन्द भएपनि पुनः खुलेसँगै फिल्म पुनः प्रदर्शन भइरहेको छ । सुरुवाती चरणमा राम्रो व्यापार गर्न सफल यो फिल्मले दशैं–तिहारलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याएको हो ।
आज आइतबार सार्वजनिक गरिएको ‘जानी कहाँ होला’ बोलको सोरठी शैलीको गीतमा आशिष अविरल र सुशिला पाठकको स्वर रहेको छ । गीतमा रमेश परियारको शब्द, संगीत, एरेन्जमेन्ट, मिक्सिङ तथा मास्टरिङ गायक आशिष अविरलले नै गरेका हुन् ।
कोरियोग्राफर सुमन सागर जंग केसीको निर्देशनमा बनेको भिडियोमा प्रमुख कलाकार आर्यन सिग्देल, सुरक्षा पन्त, निति शाह, ऋचा शर्मा, मंजिल कुमार, दिनेश काफ्ले र स्नेहा जोशीलाई देख्न सकिन्छ । हेर्नुस् भिडियो ।
@parikalanewsofficial
यो फिल्मलाई नरदेवी फिल्म्स प्रा.लि.ले प्रस्तुत गरेको हो भने सागरंगी फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो । सर्वकालीन ब्लकबस्टर फिल्म पूर्णबहादुरको सारङ्गी का निर्देशक सरोज पौडेलको कथा तथा निर्देशनमा तयार भएको यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविन खातीवडा, ऋचा शर्मा, निति शाह लगायतका कलाकारको अभिनय छ । यो फिल्मको निर्मातामा प्रेबील कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
@parikalanewsofficial














Discussion about this post